रौतहटमा ६४ कैदी पक्राउ, बाँकीलाई आत्मसमर्पण गर्न आग्रह
सारांश
- रौतहटको गौर कारागारबाट भागेका कैदीबन्दीमध्ये ४७ जना पक्राउ परेका छन्।
- फरार कैदीबन्दीलाई आत्मसमर्पण गर्न आग्रह गर्दै सीडीओले कानुनी कारबाहीको चेतावनी दिएका छन्।
- अझै २०० जना कैदी फरार रहेको र स्थानीयलाई सहयोगको लागि आग्रह गरिएको छ।
रौतहट । रौतहटको सदरमुकाम गौर कारागारबाट भागेका कैदीबन्दीलाई सुरक्षाकर्मीले पक्राउ गरिरहेका छन्। हालसम्म नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त अभियानमा ४७ जना कैदी पक्राउ परेका छन् भने सीमा सुरक्षा बल (एसएसबी) भारतले १७ जनालाई नियन्त्रणमा लिएर नेपाल पठाइसकेको प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले जानकारी दिएका छन्।
गौर कारागारमा कैद सजाय भुक्तान गरिरहेका २९१ कैदीमध्ये २७ जना मात्र कारागारमै रहेकामा अहिले ९१ जना कैदी कारागारमा छन्। अझै पनि करिब २०० जना कैदी फरार रहेको सीडीयो खड्काले रातोपाटीलाई बताएका छन्।
उनले फरार कैदीलाई शीघ्र आत्मसमर्पण गर्न आग्रह गर्दै भने, “असहज परिस्थितिको मौका छोपी कारागारबाट भागेका कैदीबन्दी जहाँ भए पनि तुरुन्त उपस्थित भई राज्यलाई सहयोग गर्नुपर्छ। नत्र मुद्दा अनुसार थप कानुनी कारबाहीको दायरामा पर्नेछन्।”
सीडीयो खड्काले स्थानीय जनतालाई पनि सहयोगको आव्हान गरेका छन्। उनका अनुसार गाउँ–टोल, छिमेकमा लुकेर बसेका फरार कैदीबारे यथेष्ट जानकारी सुरक्षा निकायलाई दिएर सहयोग गर्नुपर्ने आवश्यकता रहेको छ।
हाल रौतहटको समग्र अवस्था सामान्यतर्फ उन्मुख भएको र सदरमुकामसहित चन्द्रपुर क्षेत्रमा शान्ति कायम गर्न सुरक्षाकर्मी सक्रिय रहेको सीडीयो खड्काले जिकिर गरेका छन्।
निषेधाज्ञा अझै कायम रहेको हुँदा अत्यावश्यक कामबाहेक घरमै बस्न आग्रह गर्दै उनले भने, “शान्ति सुरक्षा कायम गर्न सुरक्षा निकायलाई सहयोग गर्नु नागरिकको साझा दायित्व हो।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जातीय विभेद र छुवाछुत अन्त्यका लागि कानुन संशोधन गरिनेछ : मन्त्री वादी
-
नयाँ एआई मोडेल सार्वजनिक हुनुअघि सरकारलाई पहुँच दिन ट्रम्पको कार्यकारी आदेश
-
जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद् प्रतिबद्ध छ : सभामुख अर्याल
-
रोल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु
-
स्पेस एक्सको मूल्य १.७५ ट्रिलियन डलर पुगेको दाबी
-
कोरला नाकाबाट भित्रिएका थप २४ विद्युतीय गाडी नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण