संसद् विघटन जनताको लोकतान्त्रिक अधिकारमाथिको आक्रमण : राष्ट्रिय जनमोर्चा
शनिबार, २८ भदौ २०८२, १३ : २१
२
सारांश
- राष्ट्रिय जनमोर्चाले प्रतिनिधिसभा विघटन गर्ने निर्णयको विरोध गरेको छ।
- पार्टीले संसद विघटनलाई लोकतान्त्रिक अधिकारमाथिको आक्रमणका रूपमा लिएको छ।
- जनमोर्चाले प्रतिगामी शक्तिहरूलाई मद्दत पुग्न नहुने भन्दै ध्यानाकर्षण गराएको छ।
काठमाडौँ । राष्ट्रिय जनमोर्चाले प्रतिनिधिसभा विघटन गर्ने सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारको निर्णय गलत भएको जनाउँदै त्यसको विरोध गरेको छ । शनिबार सो पार्टीका अध्यक्ष चित्रबहादुर केसीले एक विज्ञप्ति जारी गर्दै प्रतिनिधिसभा विघटन गर्ने निर्णयको विरोध गरेका हुन् ।
सो पार्टीले संसद् विघटन जनताको लोकतान्त्रिक अधिकारमाथिको आक्रमण भएको बताउँदै जेनजी आन्दोलनका अगुवाहरूको मागका विरुद्ध राष्ट्रपतिले अडान लिन नसकेको आरोप समेत लगाएको छ ।
जेनजी आन्दोलनलाई राजावादीहरू समेत आफ्नो पक्षमा लैजाने कसरत गरेको बताउँदै तर उनीहरू त्यसमा सफल हुन नसकेको विज्ञप्तिमा जनाइएको छ ।
जनमोर्चाले संसद् बाहिरबाट अन्तरिम सरकारको गठन र संसद्को विघटनबाट प्रतिगामी शक्तिहरूलाई मद्दत पुग्न नहुने भन्दै गणतन्त्रका पक्षधर सम्पूर्ण राजनीतिक दलहरूको ध्यानाकर्षण समेत गराएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
२ प्रतिक्रिया
भर्खरै
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण