न्युक्यासल र बर्नमाउथको जित, एभर्टन र क्रिस्टल बराबरीमा रोकिए
काठमाडौँ । जारी इंग्लिस प्रिमियर लिगमा न्युक्यासल र बर्नमाउथले जित निकालेका छन् ।
शनिबार भएको खेलमा बर्नमाउथले ब्राइटनलाई २–१ गोल अन्तरले हराएको हो ।
ब्राइटनलाई जित दिलाउन आलेक्स स्कोट र एन्टोइनी सेमेन्योले एक–एक गोल गरे । त्यस्तै ब्राइटनका लागि कउर मिटोमाले एक गोल गरे । जितसँगै बर्नमाउथ ४ खेलमा ९ अंक जोडेर तालिकाको तेस्रो स्थानमा उक्लेको छ । ब्राइटन ४ अंकका साथ तालिकाको १२औँ स्थानमा छ ।
यता न्युक्यासले उल्भसलाई १–० गोल अन्तरले हरायो । न्युक्यासलाई जित दिलाउन निक वाल्टेमाडले निर्णायक गोल गरे । उनको न्युक्यासलका लागि डेब्यू खेल थियो ।
आज नै भएको अर्काे खेलमा एभर्टनले एस्टन भिल्लासँग गोल रहित बराबरी खेल्दा क्रिस्टल प्यालेसले पनि सुन्डरल्यान्डसँग गोल रहित बराबरी खेल्यो ।
यता फुटलहमले खेलको इन्जुरी समयमा आत्मघाती गोल उपहार पाउँदा लिड्स युनाइटेडलाई १–० गोलले हराएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण