समिति गठन
पश्चिम नवलपरासीमा क्षति मूल्याङ्कन समिति गठन
आइतबार, २९ भदौ २०८२, ०० : ४३
सारांश
- नवलपरासी जिल्ला प्रशासन कार्यालयले भदौ २३ र २४ गते भएको प्रदर्शनबाट भएको क्षतिको मूल्याङ्कन गर्न समिति गठन गरेको छ।
- १३ सदस्यीय समितिले प्रदर्शनका कारण सरकारी, गैरसरकारी, सार्वजनिक र निजी सम्पत्तिमा भएको क्षतिको विवरण सङ्कलन गर्नेछ।
- सहायक प्रमुख जिल्ला अधिकारी पोषनराज भण्डारीको संयोजकत्वमा क्षति मूल्याङ्कन समिति गठन भएको छ।
नवलपरासी । बर्दघाट सुस्ता पश्चिम नवलपरासी जिल्ला प्रशासन कार्यालयले जेनजीद्वारा यही भदौ २३ र २४ गते भएको प्रदर्शनका क्रममा भएको क्षति मूल्याङ्कन गर्न समिति गठन गरेको छ ।
प्रदर्शनका कारण जिल्लास्थित सरकारी, गैरसरकारी, सार्वजनिक तथा निजी सम्पत्तिमा भएको क्षतिको विवरण सङ्कलन गर्न १३ सदस्यीय समिति गठन गरिएको नवलपरासीका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जानकारी दिए । उनका अनुसार प्रदर्शनमा सार्वजनिक तथा निजी सम्पत्तिमा भएको क्षति मूल्याङ्कन गर्न सहायक प्रमुख जिल्ला अधिकारी पोषनराज भण्डारीको संयोजकत्वमा आज क्षति मूल्याङ्कन समिति गठन गरेको हो।
_2TkAJpb7hN.jpg)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण