अपडेट
रेशम चौधरीद्वारा नाउपा छोडेको घोषणा
आइतबार, २९ भदौ २०८२, ०९ : ०५
सारांश
- रेशमलाल चौधरीले नागरिक उन्मुक्ति पार्टी छाडेर नयाँ पार्टी खोल्ने घोषणा गरेका छन्।
- पार्टीको आधिकारिकतालाई लिएर चौधरी र अध्यक्ष रञ्जिता श्रेष्ठबीच विवाद भएको थियो।
- चौधरीले नयाँ पार्टीमा जोडिन सम्पूर्ण पार्टी पंतिलाई आग्रह गरेका छन्।
काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले पार्टी छाडेको घोषणा गरेका छन् । अब नागरिक उन्मुक्ति नेपाल पार्टी खोलेर अघि बढ्ने उनले घोषणा गरेका छन् ।
सामाजिक सञ्जाल मार्फत उनले उक्त पार्टी छोडेको घोषणा गरेका हुन् । पछिल्लो समय चौधरी र अध्यक्ष रञ्जिता श्रेष्ठबिच पार्टीको आधिकारिकतालाई लिएर विवाद भएको थियो ।
चौधरीले नयाँ पार्टीमा जोडिन सम्पूर्ण पार्टी पंतिलाई आग्रह पनि गरेका छन् । अब जेनजी पुस्ताको माग र भावना समेट्दै अघि बढ्ने उनले प्रण गरेका छन् ।
छिट्टै नयाँ पार्टीको बैठक बोलाउने र विस्तृतमा जानकारी सार्वजनिक गर्ने उनले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारबाट बिजनेस नपाएर कार्यतालिकाबिनै चलिरहेछ प्रतिनिधि सभा
-
त्रिविद्वारा परीक्षार्थीका लागि कडा नियम जारी, आचारसंहिता उल्लंघन गरे कानुनी कारबाही हुने
-
नागढुंगा टनेल उद्घाटन : देश सुरुङ युगमा प्रवेश
-
सानिमा बैंकको आकर्षक रिपोर्ट, नाफा र लाभांश क्षमता दुवैमा उच्च सुधार
-
फिल्म ‘गौँथली’ ले पहिलो सातामै कमायो साढे ७ करोड
-
जनताको अपेक्षा र नेतृत्वको चाहनाअनुसार काम गर्ने कानुन चाहिन्छः मन्त्री गौतम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण