अर्को सूचना नआएसम्मका लागि यातायात कार्यालय ललितपुरका सबै सेवा बन्द
आइतबार, २९ भदौ २०८२, ११ : २९
सारांश
- ललितपुरस्थित यातायात व्यवस्था कार्यालयले अर्को सूचना नआएसम्म सेवा बन्द गरेको छ।
- यातायात व्यवस्था विभागको केन्द्रीय सर्भरमा प्राविधिक समस्या आएकाले सेवा बन्द भएको हो।
- ईडीएलभीआरएस सिस्टम सुचारु नहुँदा सेवा स्थगित गरिएको कार्यालयले जनाएको छ।
काठमाडौँ । यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमति पत्र ललितपुरले अर्को सूचना प्रकाशित नभएसम्मका लागि सम्पूर्ण सेवा बन्द रहेको जनाएको छ ।
कार्यालयले आइतबार एक सूचना जारी गर्दै यातायात व्यवस्था विभागको केन्द्रीय सर्भरमा आएको प्राविधिक समस्याका कारण यो कार्यालयले उपलब्ध गराउँदै आएका सबै सेवा बन्द भएको जनाएको छ ।
कार्यालयले भनेको छ,‘यातायात व्यवस्था विभाग मीनभवनको केन्द्रीय सर्भरमा आएको प्राविधिक समस्याको कारण यस कार्यालयबाट प्रदान गरिँदै आएको सम्पूर्ण सेवाहरू ईडीएलभीआरएस सिस्टम सुचारु नभएको हुँदा अर्को सूचना प्रकाशित नभए सम्मका लागि स्थगित गरेको ब्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाघसँग ठोक्किँदा मोटरसाइकल चालक घाइते
-
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सातामा दुई दिन सार्वजनिक बिदा : सरकारी अस्पतालले कसरी गर्दैछन् बिरामी व्यवस्थापन ?
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण