अधिकतम कोष नेपालीकै दानबाट सञ्चालित छ : बारबरा फाउन्डेसन
सारांश
- बारबरा फाउन्डेसनले आफ्नो कोष नेपालीकै दानबाट सञ्चालित रहेको जनाएको छ।
- फाउन्डेसनले स्वर्गीय बारबरा एडम्सको सम्पत्तिबाट २ करोड ८८ लाख पाएको थियो।
- फाउन्डेसनले खोज पत्रकारिता पुरस्कार, फेलोसिप, र टक सेरिज सञ्चालन गर्दै आएको छ।
काठमाडौं । बारबरा फाउन्डेसनले आफ्नो अधिकतम कोष नेपालीकै दानबाट सञ्चालित रहेको स्पष्ट गरेको छ । हालैको जेनजी आन्दोलनसँग सम्बन्धित विषयमा आफ्नो नाम जोडिएपछि फाउन्डेसनले आइतबार विज्ञप्ति जारी गरी प्रष्ट पार्ने प्रयास गरेको हो ।
फाउन्डेसनका अनुसार स्वर्गीय अमेरिकी नागरिक बारबरा एडम्सले नेपाललाई आफ्नो कर्मक्षेत्र बनाएर सम्पूर्ण जीवन यतै बिताएपछि मृत्युपश्चात व्यक्तिगत सम्पत्ति संस्थालाई हस्तान्तरण गरेकी थिइन् । सोही आधारमा करिब रू. २ करोड ८८ लाख फाउन्डेसनले पाएको र त्यसलाई कानुनबमोजिम समाज कल्याण परिषद्को नियमानुसार व्यवस्थापन गरिएको उल्लेख छ ।
संस्थाले विगत ८ वर्षमा ब्याज आम्दानीलगायत गरेर करिब रू. ७ करोड ८२ लाख प्राप्त गरेको र हालसम्म करिब रू. ३ करोड ६४ लाख कार्यक्रम तथा प्रशासनिक खर्चमा खर्च गरेको जनाएको छ । यस अवधिमा बैंकमा करिब रू. ३ करोड ९५ लाख मौज्दात रहेको पनि विज्ञप्तिमा प्रष्ट पारिएको छ ।
बारबरा फाउन्डेसनले खोजपत्रकारिता पुरस्कार, वातावरण तथा संस्कृति संरक्षणसम्बन्धी फेलोसिप, र ‘टक सेरिज’ सञ्चालन गर्दै आएको जनाएको छ । कोरोना महामारीका क्रममा नेपालभरका ८७ स्वास्थ्यकर्मीलाई सम्मान र खोजमूलक पत्रकारिताका लागि पत्रकारलाई पुरस्कृत गरिसकेको फाउन्डेसनले जनाएको छ ।
‘हामी नेपाल’ संस्थासँग आर्थिक सम्बन्ध रहेको भन्ने प्रचार असत्य भएको दाबी गर्दै फाउन्डेसनले महामारीको समयमा युवासँग सहकार्य मात्र भएको स्पष्ट पारेको छ ।
विज्ञप्तिमा भनिएको छ, 'हामी हाम्रो जीवनजस्तै पारदर्शी नेपाली समाज हेर्न चाहन्छौँ । मानिसहरूलाई मूल मुद्दाबाट भड्काउने मनशायले हाम्रो चरित्र हत्या नगर्न पुनः आग्रह गर्दछौँ ।'
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केनको गोलसँगै इंग्ल्याण्ड खेलमा फर्कियो
-
मन्त्रीहरूको मनपरीतन्त्रले विवादको भुमरीमा कर्णालीको बजेट !
-
को होला उत्कृष्ट गायिका ?
-
निर्मला पन्तको हत्याबारे एसएसपी नेतृत्वको समितिले अनुसन्धान गर्दै
-
पहिलो हाफमा इंग्ल्याण्डविरुद्ध कंगोको १–० को अग्रता
-
चितवनमा विद्युत् आपूर्ति अनियन्त्रित हुँदा सेवा प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण