आन्दोलनपछि सामान्य अवस्थामा फर्किंदै जनकपुरधाम
सारांश
- जेनजी पुस्ताको आन्दोलनपछि जनकपुरधामको परिस्थिति सामान्य बन्दै गएको छ।
- आन्दोलनका कारण बन्द रहेको नेपाल रेल्वे सेवा आइतबारदेखि पुनः सञ्चालनमा आएको छ।
- सोमबारदेखि विद्यालयहरू पनि सञ्चालनमा आउने भएका छन्।
जनकपुरधाम । जेनजी पुस्ताको आन्दोलनपछि उत्पन्न परिस्थिति सामान्य बन्दै गएको छ । आन्दोलनका कारण बन्द रहेको नेपाल रेल्वे सेवा आजदेखि पुनः सञ्चालनमा आएको छ ।
रेल्वे कम्पनीका सहायक केवलबहादुर नेपालीका अनुसार, भारतमा सर्भिसिङ गरेर ल्याइएको रेल जयनगरबाट आइतबार बिहान ११ बजे जनकपुरधाम आइ सेवा सञ्चालन गरेको छ ।

आजदेखि तीन वटा समयतालिका अनुसार रेल सेवा सञ्चालनमा आउने र पहिलेझैँ नियमित रूपमा सेवा उपलब्ध हुने उनले जानकारी दिए । त्यसैगरी, आन्दोलनका कारण बन्द भएको बस सेवा पनि सुरु भएको छ ।
बस व्यवसायी संघका अध्यक्ष मनोज चौधरीले बस सञ्चालनसँगै यात्रुहरूलाई सहज भएका बताए । उनले भने, ‘सुरक्षाका कारण आन्दोलनका दिनहरूमा बस रोकिएको थियो । अब अवस्था सामान्य बनेपछि सेवा पुनः सुरु गरेका हौँ ।’
_S8WtD61Cp3.jpg)
आन्दोलनकै कारण बन्द रहेका विद्यालयहरू भने सोमबारदेखि सञ्चालनमा आउने भएका छन् । एन प्याब्सन जनकपुरधामका नगर अध्यक्ष दीपक ठाकुरका अनुसार लामो समय विद्यालय बन्द हुँदा विद्यार्थीहरूको पढाइ प्रभावित हुने भएकाले सोमबारदेखि पठनपाठन सुरु गर्न लागिएको हो ।
यसबारे प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यलाई आज औपचारिक जानकारी दिइएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेनाल्टीले जोगियो दक्षिण अफ्रिकाको विश्वकप यात्रा, चेक रिपब्लिकसँग अंक बाँड्दै नकआउटको आस कायमै
-
दक्षिण अफ्रिका खेलमा फर्कियो, अन्तिम समयको खेल निकै रोमाञ्चक
-
नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउन कूटनीतिक पहल भइरहेको छ: परराष्ट्रमन्त्री
-
कृषि, वन तथा वातावरण मन्त्रालयलाई करिब दुई अर्बको अनुदान
-
तारा लाल धरेललाई ‘कर्पोरेट फर्निचर इन्डष्ट्री एक्सिलेन्स’ अवार्ड
-
दक्षिण अफ्रिकी खेलाडी म्बाथा निलम्बित, दक्षिण कोरियाविरुद्धको खेल गुमाउने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण