मधेस प्रदेश सभामा करिब ३० करोड बराबरको क्षति (फोटोफिचर)
सारांश
- जनकपुरधाममा जेनजी पुस्ताको आन्दोलनका क्रममा प्रदेश सभा सचिवालयमा तोडफोड र आगजनी भएको थियो।
- सभामुखका अनुसार तोडफोडबाट करिब ३० करोड रुपैयाँ बराबरको क्षति भएको छ, जसमा विभिन्न कार्यालय र सामग्रीमा क्षति पुगेको छ।
- प्रदर्शनकारीले सभामुखको निवासमा समेत प्रवेश गरी सुनका गरगहना लुटेका थिए, र मिडिया सेन्टरका कम्प्युटर र टेलिभिजन पनि चोरी भएका छन्।
जनकपुरधाम । जेनजी पुस्ताको आन्दोलनका क्रममा मधेस प्रदेश सभा सचिवालयमा भएको तोडफोड र आगजनीबाट करिब ३० करोड रुपैयाँ बराबरको क्षति भएको सभामुख रामचन्द्र मण्डलले बताएका छन् ।
उनका अनुसार प्रदेश सभाका सातै दलका संसदीय दल कार्यालय, दलका सभापतिहरूका कार्यकक्ष, सभामुखको कार्यकक्षदेखि लिएर सचिवालयका अधिकांश शाखा पूर्ण रूपमा प्रभावित भएका छन् ।
_nbKfHrh3FF.jpg)
‘प्रदर्शनकारीहरूले कार्यालय क्षेत्रमात्र नभई गाडी र व्यक्तिगत सम्पत्तिमा समेत आक्रमण गरेका छन्,’ सभामुख मण्डलले भने ।
तोडफोडमा सचिवालयको एउटा हायस गाडीमा आगजनी गरिएको छ भने सभामुख मण्डलकै निजी गाडीको सिसा फुटाइएको छ । कार्यालयभित्र रहेका फर्निचर, कम्प्युटर, ल्यापटप, टेलिभिजन, पंखालगायतका सामग्री जलाइएका वा लुटपाट भएको सभामुख मण्डलले जानकारी दिए ।
_r0vWxw1yhO.png)
सभामुख मण्डलले आफ्नो निवासमा समेत प्रदर्शनकारी प्रवेश गरी झन्डै तीन तोला सुनका गरगहना लुटेको बताए । ‘आक्रोशले यति चरम रूप लिनु निकै दुःखद् छ । सार्वजनिक सम्पत्तिको मात्र नभई मेरो निवासमा समेत आक्रमण भएको छ,’ उनले भने ।
_wzv1N05aHg.jpg)
प्रदेश सभाभित्र रहेको मिडिया सेन्टरका कम्प्युटर र टेलिभिजनसमेत चोरी भएको सचिवालयले जनाएको छ । सभामुख मण्डलले आफू हाल जनकपुरधाम बाहिर रहेको जानकारी दिँदै फर्किएपछि दलका नेताहरूसँग छलफल गरी सचिवालय सञ्चालनका लागि आवश्यक प्रक्रिया अघि बढाइने बताए ।
_HHUDgYagnj.png)
_yN0xj25PsK.jpg)
_MBXlZlXH5G.png)
_jNuRF3tCqz.jpg)
_s9EwggznrN.png)
_sVAbv0acrz.png)
_6J6HTj46Bg.png)
_Bfaa1T6iA8.png)
_aztOpPs0ZT.png)
_Fs65OGerFg.png)
_onMN7p0bGt.png)
_IngwrAtqa8.png)
_hiAezDXIZ5.png)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेनाल्टीले जोगियो दक्षिण अफ्रिकाको विश्वकप यात्रा, चेक रिपब्लिकसँग अंक बाँड्दै नकआउटको आस कायमै
-
दक्षिण अफ्रिका खेलमा फर्कियो, अन्तिम समयको खेल निकै रोमाञ्चक
-
नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउन कूटनीतिक पहल भइरहेको छ: परराष्ट्रमन्त्री
-
कृषि, वन तथा वातावरण मन्त्रालयलाई करिब दुई अर्बको अनुदान
-
तारा लाल धरेललाई ‘कर्पोरेट फर्निचर इन्डष्ट्री एक्सिलेन्स’ अवार्ड
-
दक्षिण अफ्रिकी खेलाडी म्बाथा निलम्बित, दक्षिण कोरियाविरुद्धको खेल गुमाउने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण