बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

हामी फेरि उठ्ने छौँ : एनसेल

‘कर्मचारी, ग्राहक र जनसमुदायसँग काँधमा काँध मिलाएर उभिएका छाैँ’
आइतबार, २९ भदौ २०८२, २० : ३२
आइतबार, २९ भदौ २०८२

काठमाडौँ । गत सोमबार र मंगलबारको जेनजी पुस्ताका युवाहरूले गरेको प्रदर्शनका क्रममा काठमाडौँस्थित मुख्य कार्यालय ‘एनसेल आइकम’ सहित देशभरका कार्यालयहरूमा भएको क्षतिप्रति दु:ख व्यक्त गर्दै एनसेलले फेरि उठ्ने बताएको छ । 

उक्त प्रदर्शनमा महेन्द्रनगर, धनगढी र पोखरास्थित क्षेत्रीय कार्यालयहरूमा गम्भीर क्षति पुगेको थियो । 

'एनसेलले चुनौतीहरूको बाबजुद, एनसेल सधैँ झै देश र आम जनमानसलाई दूरसञ्चार सेवामा निरन्तर पहुँच सुनिश्चित राख्ने आफ्नो मूल उद्देश्यमा अडिग रह्यो,'जारी सूचनामा भनिएको छ, 'सङ्कटको समयमा सहज रूपमा सेवाको उपलब्धता सुनिश्चित गर्नका लागि हामीले तीन दिनसम्म निःशुल्क लोकल भ्वाइस कल, एसएमएस र इन्टरनेट सेवा उपलब्ध गरायौँ ।'

एनसेलले अझै दृढ सङ्कल्प र सहनशीलताका साथ देश र जनताको सेवा गर्ने आफ्नो प्रतिबद्धता पुनः दोहोर्‍याएकाे छ । एनसेलले कर्मचारी, ग्राहक र जनसमुदायसँग काँधमा काँध मिलाएर उभिएका उल्लेख गर्दै साथ, समर्थन तथा ऐक्यबद्धताप्रति आभार व्यक्त गरेकाे छ । 

देशका युवाहरूको अगुवाइमा गरिएको यस आन्दोलनले ल्याएको परिवर्तनलाई एनसेलले स्वागत समेत गरेको छ ।

ncel

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप