जेलबाट फरार चार कैदीबन्दी पक्राउ
आइतबार, २९ भदौ २०८२, २१ : ५३
सारांश
- धनुषामा जेलबाट फरार भएका चार जना विदेशी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।
- पक्राउ पर्नेमा नाइजेरिया र ब्राजिलका नागरिकहरू रहेका छन्।
- उनीहरू भारतको विहारबाट पक्राउ परेका हुन्, जो नक्खु कारागारबाट भागेका थिए।
धनुषा । यहाँ जेलबाट फरार चार जनालाई प्रहरी पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नरहरि रेग्मीले पक्राउ पर्नेमा सबै विदेशी नागरिक रहेको जानकारी दिए ।
पक्राउ पर्नेमा नाइजेरियन नागरिकहरू ३८ वर्षीय मो लामिन्स डाबो, ३५ वर्षीय ग्लोरी बडे, ५५ वर्षीय इमनिउल ओगुडा उजिगवे र ब्राजिलका नागरिक २५ वर्षीय लारेसन ब्रिटो रहेको उनले बताए ।
उनीहरू ‘जेनजी’ आन्दोलन चर्केपछि भदौ २४ गते नक्खु कारागारबाट भागेको खुलेको छ । उनीहरूलाई भारत विहारको बासोपट्टि क्षेत्रबाट पक्राउ गरेर ल्याइएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजको प्रमुख समाचार
-
रामेछापमा राहदानी वितरण सेवा ३ दिनका लागि बन्द
-
चलचित्र ‘बेहुली’ भदौ २६ गतेदेखि प्रदर्शनमा आउने
-
सुदूरपश्चिमका मुख्यमन्त्रीले बोलाएको कांग्रेस संसदीय दलको बैठकमा दुई मन्त्री अनुपस्थित
-
सुन सफा गर्ने बहानामा ठगी गर्ने दुई भारतीय नागरिक उदयपुरबाट पक्राउ
-
के आधारमा पूर्वमन्त्री बस्नेतले भ्रष्टाचार मुद्दामा सफाइ पाए ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण