बक्सिङका पूर्व विश्व च्याम्पियन ह्याटनको ४६ वर्षको उमेरमा निधन
सारांश
- बक्सिङ खेलका पूर्व विश्व विजेता रिकी ह्याटनको निधन भएको छ।
- ४६ वर्षका ह्याटन आइतबार इङ्गल्याण्डको हाइडस्थित घरमा मृत फेला परेका थिए।
- प्रहरीका अनुसार उनको मृत्यु शंकास्पद नभएको र उनको आक्रामक शैलीले उनलाई लोकप्रिय बनाएको थियो।
लन्डन । बक्सिङ खेलका पूर्व विश्व विजेता रिकी ह्याटनको निधन भएको छ। ४६ वर्षको उमेरमा आइतबार उनकाे निधन भएको हो ।
ह्याटन उत्तरपश्चिम इङ्गल्याण्डको हाइडमा आफ्नो घरमा मृत फेला परेका थिए । ग्रेटर म्यानचेस्टर प्रहरीका अनुसार उनको मृत्युलाई शङ्कास्पद रूपमा नलिएको बताएका छन् ।
“स्थानीय जनप्रतिनिधिले प्रशासनलाई आइतबार बिहान ६ः४५ बजे दिएको सूचनामा ४६ वर्षीय ह्याटन हाइडस्थित आफ्नै घरमा टेमसाइडमा मृत भेटिएको खबर गरेको र तत्काल प्रहरी त्यहाँ पुगेको थियो,” स्थानी प्रहरी प्रवक्ताले भने
“उनको मृत्युबारे प्रारम्भिक अनुसन्धानले उनको कुनै पनि शङ्कास्पद आक्रमण वा गतिविधिका कारण भएको विश्वास गरिएको छैन,” प्रहरीले भनेको छ।
‘द हिटम्यान’ उपनामले चिनिने ह्याटनले ‘लाइटवेल्टर वेट’ समूहमा धेरै विश्व उपाधि र ‘वेल्टर वेट’ मा एउटा उपाधि जितेका थिए ।
उनको आक्रामक शैलीले उनलाई आफ्नो पुस्ताको सबैभन्दा लोकप्रिय बेलायती बक्सरहरूमध्ये एक बनाउन सफल भएको थियो।
सन् १९९७ मा आफ्नो बक्सिङ खेलको सार्वजनिक सुरुवात गरेका उनले ४८ व्यावसायिक प्रतिस्पर्धातर्फ ४५ उपाधि जितेका हात पारेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण