मङ्गलबार, २३ असार २०८३
ताजा लोकप्रिय

स्रोत नखुलेको ७ लाख ६६ हजारसहित तीन जना पक्राउ

सोमबार, ३० भदौ २०८२, १२ : ०५
सोमबार, ३० भदौ २०८२

सारांश

  • कोहलपुर नगरपालिका-२ मा स्रोत नखुलेको ७ लाख ६६ हजार रुपैयाँसहित ३ जना पक्राउ परेका छन्।
  • पक्राउ पर्नेमा प्रयास लम्साल, युवल बलायर र ऋषिकेश मिश्रा रहेका छन्।
  • प्रहरीले उनीहरूलाई स्कुटरमा फेला पारी पक्राउ गरेको र थप अनुसन्धान भइरहेको छ।

बाँके । कोहलपुर नगरपालिका-२ सालको बुटा नजिकैबाट स्रोत नखुलेको नगद ७ लाख ६६ हजार रुपैयाँसहित ३ जनालाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा सोही नगरपालिका-५ बस्ने १९ वर्षीय प्रयास लम्साल, २० वर्षीय युवल बलायर र नेपालगन्ज उपमहानगरपालिका-१८ कारकाँदो बस्ने २६ वर्षीय ऋषिकेश मिश्रा रहेका छन् । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले बा.८७ प ९०२० नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप