अपडेट
नवनियुक्त अर्थमन्त्री खनालले लिए शपथ
सोमबार, ३० भदौ २०८२, १२ : २३
सारांश
- नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले राष्ट्रपतिबाट शपथ लिएका छन्।
- शपथ ग्रहण समारोह शीतल निवासमा सम्पन्न भएको थियो।
- उक्त समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री र अन्य विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।
काठमाडौँ । नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले अर्थमन्त्रीको शपथ लिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई सोमबार शीतल निवासमा आयोजित एक समारोहका बिच पद तथा गोपनीयताको शपथ दिलाएका हुन् । उनी पूर्वसचिव हुन् ।
शपथ ग्रहण समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल, पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई, नेपाल सरकारका विशिष्ट अधिकारीलगायतको सहभागिता रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण