समाचार
जेनजी आन्दोलनका मृतकहरूको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने
सोमबार, ३० भदौ २०८२, १३ : ५४
सारांश
- नवनियुक्त गृहमन्त्रीले प्रदर्शनका क्रममा मृत्यु भएकाहरूलाई सहिद घोषणा गर्दै राष्ट्रिय सम्मान दिने घोषणा गरे।
- घाइतेहरूको राज्यले निःशुल्क उपचार गर्ने र पीडित पक्षको माग सम्बोधन गर्ने बताए।
- मन्त्री अर्यालले आन्दोलनमा गल्ती गर्नेलाई कारबाही गरिने बताए।
काठमाडौँ । जेनजीको प्रदर्शनका क्रममा मृतकहरूको राष्ट्रिय सम्मान दिएर अन्त्येष्टि गरिने भएको छ ।
नवनियुक्त गृहमन्त्री तथा कानुन न्याय तथा संसदीय मामिला मन्त्री ओमप्रकाश अर्यालले पदभार ग्रहण गर्दै प्रदर्शनका क्रममा निधन भएकाहरूलाई सहिद घोषणा गर्दै राष्ट्रिय सम्मानसहित अन्त्येष्टि हुने बताएका हुन् ।
आन्दोलनका क्रममा घाइते भएकाहरुको राज्यले निःशुल्क उपचार गर्ने र पीडित पक्षको माग सम्बोधन गरिने मन्त्री अर्यालले बताए । आन्दोलनका क्रममा गल्ती गर्नेले गल्ती महसुस गर्नुपर्ने र उद्दण्डता मच्चाउनेलाई नागरिक स्तरबाट प्रमाण जुटाएर कारबाही गरिने मन्त्री अर्यालको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण