नवनियुक्त महान्यायाधिवक्ता सविता भण्डारीद्वारा पदभार ग्रहण
सोमबार, ३० भदौ २०८२, १५ : ०३
सारांश
- नवनियुक्त महान्यायाधिवक्ता सविता भण्डारीले पदभार ग्रहण गरिन्।
- प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपतिले भण्डारीलाई नियुक्त गरेका थिए।
- भण्डारी नेपालको पहिलो महिला महान्यायाधिवक्ता बनेकी हुन्।
काठमाडौँ । नवनियुक्त महान्यायाधिवक्ता सविता भण्डारीले पदभार ग्रहण गरेकी छिन् । नवनियुक्त महान्यायाधिवक्ता भण्डारीले प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत समक्ष पद तथा गोपनीयताको शपथग्रहण गरे लगतै पदभार ग्रहण गरेकी हुन् ।
प्रधानमन्त्री सुशीला कार्कीले वरिष्ठ अधिवक्ता भण्डारीलाई आइतबार महान्यायाधिवक्तामा नियुक्त गर्न सिफारिस गरेकी थिइन् ।
प्रधानमन्त्री कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार भण्डारीलाई महान्यायाधिवक्ता नियुक्त गरेका थिए । भण्डारी नेपालको पहिलो महिला महान्यायाधिवक्ता नियुक्त भएकी हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : विश्वकप फुटबलको उपाधिका लागि अर्जेन्टिना र स्पेन भिड्दै, टेकुमा गोली चल्यो
-
गुयानाको तटमा ११६ जना बोकेको डुङ्गा डुब्दा दर्जनौँ व्यक्ति हताहत भएको आशङ्का
-
प्रहरी महानिरीक्षक कार्की थाइल्यान्ड प्रस्थान
-
पशुपतिनाथमा साउने सोमबारमा दर्शनार्थीलाई सहजै दर्शनको व्यवस्था
-
विश्व निकेतन विद्यालयमा ‘स्मार्ट क्लासरुम’ सञ्चालन
-
उत्कृष्ट पाँच मनोनयन सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण