जेनजी आन्दोलनमा अधिक बल प्रयोग भयो, निष्पक्ष छानबिन गर्नुपर्छ : गृहमन्त्री अर्याल
काठमाडौँ । गृह एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ओमप्रकाश अर्यालले जेनजी आन्दोलनको क्रममा भएको बल प्रयोगको घटनालाई छानबिन गर्नुपर्ने कुरालाई आफूले पहिलो प्राथमिकतामा राखेको बताएका छन् ।
सोमबार सिंहदरबारमा पदभार ग्रहण गरेलगत्तै उनले कर्मचारीहरूलाई निर्देशन दिने क्रममा सो कुरा बताएका हुन् ।
जेनजी आन्दोलनपछि मुलुकलाई सामान्य अवस्था फर्काउन र कानुनी राज्यको प्रत्याभूति दिलाउन पनि सरकारले सो क्रममा भएको बल प्रयोगको घटनाको निष्पक्ष छानबिनको कामलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने अवस्था आएको गृहमन्त्री अर्यालको भनाई थियो ।
उनले जेनजी आन्दोलनलाई जनविद्रोहको संज्ञा दिँदै त्यसक्रममा भएका भएका जनधनको क्षतिलाई सबैले मिलेर सम्बोधन गर्नुपर्ने बताए । गृहमन्त्री अर्यालले नयाँ पुस्ताको मागअनुसार अघि बढ्न पनि कर्मचारीहरूलाई निर्देशन दिए ।
मन्त्री अर्यालले आन्दोलनका क्रममा भएका शहीदको सम्मानमा सरकारले कुनै कमी हुन नदिने पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण