टिकटकमाथिको प्रतिबन्ध नजिकिँदै गर्दा दोस्रो दिन पनि अमेरिका र चीनबिच वार्ता
सारांश
- अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लाग्ने मिति नजिकिँदै गर्दा अमेरिका र चीनका अधिकारीहरूले स्पेनमा व्यापार वार्ता गरे।
- टिकटकको अमेरिकी व्यवसाय नबेचेमा एप पूर्ण प्रतिबन्धमा पर्नेछ, र यो वार्ता व्यापार युद्ध अन्त्य गर्ने प्रयास हो।
- ट्रम्पले टिकटकलाई प्रतिबन्ध लगाउने समय सीमा लम्ब्याएका छन्, र उनले यसको भविष्य चीनमा निर्भर रहेको बताए।
वासिङ्टन डिसी । अमेरिकामा चिनियाँ सर्ट भिडियो सेयरिङ एप टिकटकमाथि प्रतिबन्ध लाग्ने मिति नजिकिँदै गर्दा सोमबार स्पेनमा अमेरिका र चीनका अधिकारीहरूले दोस्रो दिन पनि व्यापार वार्ता गर्दैछन् ।
टिकटकको माउ कम्पनी बाइटडान्सले टिकटकको अमेरिकी व्यवसाय बेचेन भने अमेरिकामा एप पूर्ण प्रतिबन्धमा पर्नेछ ।
अमेरिकी अर्थमन्त्री स्कट बेसेन्ट र चिनियाँ उप प्रधानमन्त्री हे लाइफेङको नेतृत्वमा हुन लागेको वार्ता विश्वका दुई ठुला अर्थतन्त्रबिचको व्यापार युद्ध अन्त्य गर्ने पछिल्लो प्रयास हो ।
चीन र अमेरिकाका शीर्ष तहका व्यापार प्रतिनिधि मन्डलबीच जुलाईमा भेटवार्ता भएको थियो । त्यतिबेला ट्यारिफ युद्धमा नोभेम्बर १० सम्म विराम लगाउने भनेर ९० दिनको समय थप गरिएको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो पहिलो कार्यकालमै टिकटकमाथि प्रतिबन्ध लगाउनु पर्ने भनेका थिए । तर आफूलाई दोस्रो कार्यकाल जिताउन एपको भूमिकालाई हेरेपछि उनी एपप्रति नरम बने ।
दोस्रो कार्यकाल सुरु भएयता ट्रम्पले प्रतिबन्ध सुरु म्याद तीन पटक लम्ब्याइसकेका छन् । टिकटकलाई मर्न दिने कि के गर्ने ? आफूलाई थाहा नभएको आइतबार ह्वाइट हाउसमा बोल्ने क्रममा ट्रम्पले भनेका थिए । यो कुरा चीनमा भर पर्ने उनले उनले भनेका थिए । गएको महिना भने ट्रम्पले टिकटक किन्ने क्रेता नभेट्टाउँदासम्म प्रतिबन्धको समय सीमा बढाउने संकेत गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण