अपडेट
दुई आयोगका दुई सदस्यले दिए राजीनामा
सोमबार, ३० भदौ २०८२, १६ : ५४
सारांश
- मधेसी आयोगका सदस्य विजय कुमार गुप्ताले राजीनामा दिए, जुन भदौ २९ गतेदेखि लागू हुनेछ।
- राष्ट्रिय मानव अधिकार आयोगका सदस्य डा. सूर्य ढुंगेलले पनि जेठ २९ गतेदेखि लागू हुने गरी राजीनामा दिए।
- राष्ट्रपति रामचन्द्र पौडेलले दुवै जनाको राजीनामा स्वीकृत गरेका छन्, प्रवक्ता कोइरालाले जानकारी दिए।
काठमाडौँ । दुई आयोगका दुई जना सदस्यले राजीनामा दिएका छन् । मधेसी आयोगका सदस्य विजय कुमार गुप्ताले पदबाट राजीनामा दिएका छन् । उनले भदौ २९ गतेदेखि लागू हुनेगरी राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राजीनामा दिएका हुन् ।
यस्तै राष्ट्रिय मानव अधिकार आयोगका सदस्य डा सूर्य ढुंगेलले पनि पदबाट राजीनामा दिएका छन् । उनले पनि जेठ २९ गतेदेखि नै लागू हुनेगरी राजीनामा दिएका हुन् ।
राष्ट्रपति पौडेलले दुबै जनाको राजीनामा स्वीकृत गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीप कुमार कोइरालाले सोमबार जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण