जगन्नाथ देवल कारागारबाट भागेका दुई कैदी सुर्खेतमा पक्राउ
सोमबार, ३० भदौ २०८२, १७ : २८
सारांश
- सुर्खेत प्रहरीले काठमाडौँको कारागारबाट फरार भएका दुई कैदीलाई पक्राउ गरेको छ।
- पक्राउ पर्नेमा जबरजस्ती करणी मुद्दाका शिवलाल घिमिरे र चोरी मुद्दाका सागर तामाङ छन्।
- प्रहरीले विशेष सुराकीका आधारमा उनीहरूलाई वीरेन्द्रनगरबाट पक्राउ गरेको हो।
सुर्खेत । गत मंगलबारको जेनजी आन्दोलनको मौका छोपी काठमाडौँको जगन्नाथ देवल कारागारबाट फरार भएका दुई कैदीलाई सुर्खेत प्रहरीले पक्राउ गरेको छ।
सोमबार बिहान ११ बजे वीरेन्द्रनगर नगरपालिका–१३, झुप्राबाट उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक मोहनजंग बुढ्थापाले जानकारी दिए ।
पक्राउ पर्नेमा जबरजस्ती करणी मुद्दाका कैदी सुर्खेत लेकबेसी नगरपालिका–१० का २४ वर्षीय शिवलाल घिमिरे र चोरी मुद्दाका कैदी सर्लाही बागमती नगरपालिका–२ का १९ वर्षीय सागर तामाङ रहेका छन्।
प्रहरी सहायक निरीक्षक किशोर खत्रीको नेतृत्वमा खटिएको सादा पोसाकको टोलीले विशेष सुराकीका आधारमा उनीहरूलाई पक्राउ गर्न सफल भएको हो ।
पक्राउपछि दुवै जनालाई थप कैद भुक्तानका लागि जिल्ला कारागार कार्यालय सुर्खेत पठाइएको प्रहरीले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
-
सञ्चय कोषद्वारा एक अर्ब ६९ करोड प्रवाह
-
सार्वजनिक बिदाका दिनमा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण