अमेरिकी सेनाले भेनेजुएलाको लागूपदार्थ बोकेको डुङ्गा नष्ट गरेको ट्रम्पको दाबी
मङ्गलबार, ३१ भदौ २०८२, ०३ : ०१
सारांश
- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाको अर्को डुङ्गामाथि आक्रमण गरेको दाबी गरेका छन्।
- ट्रम्पले उक्त आक्रमणमा 'भेनेजुएलाका अवैध लागूपदार्थ' लक्षित भएको बताए, जसमा तीन जना मारिए।
- यसअघि पनि अमेरिकी सेनाले भेनेजुएलामाथि आक्रमण गर्दा ११ जनाको मृत्यु भएको थियो।
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार अमेरिकी सेनाले भेनेजुएलाको अर्को डुङ्गामाथि आक्रमण गरेको दाबी गरेका छन्।
ट्रम्पले ‘ट्रुथ सोसल’मा भिडियोसहित पोस्ट गर्दै उक्त आक्रमणमा “भेनेजुएलाका पुष्टि भएका अवैध लागूपदार्थ” लक्षित भएको बताए। उनका अनुसार उक्त डुङ्गा अन्तर्राष्ट्रिय जलमार्ग हुँदै अमेरिकातर्फ लागिरहेको थियो।
ट्रम्पले आक्रमणमा तीन जना पुरुष मारिएको र अमेरिकी पक्षमा कुनै क्षति नभएको स्पष्ट पारे।
यसअघि झन्डै दुई साताअघि दक्षिण क्यारिबियन क्षेत्रमा अमेरिकी सेनाले अर्को डुङ्गा आक्रमण गर्दा ११ जनाको मृत्यु भएको थियो। सो घटनापछि ट्रम्पले भेनेजुएलालाई अझ कडा कदम चाल्ने चेतावनी दिएका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण