कांग्रेसमा व्यापक सुधार र आमूल रूपान्तरणको खाँचो : शाही
सारांश
- युवा नेता भुपेन्द्र जंग शाहीले पार्टीमा सुधार र रूपान्तरणको खाँचो औँल्याए ।
- उनले जनताको भावना बुझेर अघि बढ्नुपर्ने र गल्ती नदोहोर्याउने प्रतिबद्धता व्यक्त गर्नुपर्ने बताए ।
- शाहीले कांग्रेसलाई संकटबाट जोगाउन एकजुट हुनुपर्ने र आपसी मतभेद बिर्सेर अघि बढ्नुपर्नेमा जोड दिए ।
काठमाडौँ । नेपाली कांग्रेसका युवा नेता भुपेन्द्र जंग शाहीले पार्टीमा व्यापक सुधार र आमूल रूपान्तरणको खाँचो औँल्याएका छन् ।
मंगलबार सामाजिक सञ्जालमार्फत अपिल गर्दै शाहीले जनताको भावना र युवाको आक्रोश आत्मसात् गरी सम्हालिएर अघि बढ्नुको विकल्प नरहेको प्रस्ट पारेका छन् । उनले हिजोको गल्ती र कमजोरीलाई समीक्षा गरी फेरि कहिल्यै त्यसलाई नदोहोर्याउने प्रतिवद्धता व्यक्त गर्नुपर्नेमा पनि जोड दिएका छन् ।
राजनीतिमा आउने हरेक आरोह, अवरोह, चुनौती र बाधालाई पन्छाएर लोकतन्त्र, स्वतन्त्रता, मानवअधिकार र नागरिकको नैसर्गिक अधिकार रक्षाको लागि व्यक्तिगत स्वार्थभन्दा माथि उठेर सामूहिकता र साझा भावनाका साथ नेपाली कांग्रेसलाई यो सङ्कट र अप्ठ्यारो घडीबाट जोगाउन, बचाउन हामी एकजुट भएर हिँड्नुपर्ने बेला आएको छ,’ उनले लेखेका छन् ।
अहिले एक अर्कालाई हिलो छ्याप्ने बेला नभएकोतर्फ पनि शाहीले सचेत गराएका छन् । ‘आपसमा लड्ने, भिड्ने, टुट्ने र फुट्ने समय पनि होइन, आपसी मतभेद र झगडालाई बिर्सेर एकजुट हुने समय हो,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।
शाहीले जतिसुकै कष्ट र संकटपूर्ण बाटो भए पनि धैर्यता र संयमतापूर्वक निराश नबनेर, नबहकिएर, सन्तुलित हुँदै बुद्धिमत्तापूर्ण र जिम्मेवारीपूर्ण ढंगले अगाडि बढ्नु सबैको साझा कर्तव्य र दायित्व रहेको प्रस्ट पारेका छन् । उनले लेखेका छन्, ‘हातमा हात, काँधमा काँध मिलाएर नेपाली कांग्रेसमा व्यापक सुधार र आमूल रुपान्तरण गरेर अगाडि बढ्नुको आजको दिनमा अर्को कुनै विकल्प छैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजेन्द्र लिङ्देनले पार्टी छोड्न बाध्य बनाएको धवलशमशेरको आरोप
-
नेपालगञ्जमा चराचुरुङ्गी बचाउ अभियान
-
स्थलयुद्धमा प्रगति हुन नसकेपछि युक्रेनमाथि हवाई आक्रमण तीव्र बनाउँदै रुस
-
‘प्रधानमन्त्री ‘सिंघम’ शैलीमा संसद् आउँछन्, सभामुख सत्तापक्षको ‘रक्षाकवच’ बने’
-
‘अहिलेको सरकारले टुङ्गो नलगाए सङ्क्रमणकालीन न्यायको मुद्दा कहिल्यै सुल्झिँदैन’
-
गोरुलाई निर्दयी व्यवहार गरेर भिडियो बनाउने युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण