उच्च मनोबलका साथ काममा खटिन ट्राफिक प्रहरीलाई गृहमन्त्रीको आग्रह
सारांश
- गृहमन्त्री ओमप्रकाश अर्यालले ट्राफिक प्रहरीलाई उच्च मनोबलका साथ काम गर्न आग्रह गरेका छन्।
- युवा आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीपछि गृहमन्त्रीले ट्राफिक प्रहरी कार्यालयको निरीक्षण गरेका थिए।
- उनले सरकारको पूर्ण सहयोगको प्रतिबद्धता जनाउँदै छिट्टै सबै कुरा लयमा फर्किने विश्वास व्यक्त गरे।
काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले उच्च मनोबलका साथ काममा खटिन ट्राफिक प्रहरीलाई आग्रह गरेका छन् ।
मंगलबार युवाहरूको आन्दोलनका क्रममा तोडफोड र आगजनी भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको निरीक्षण गर्दै गृहमन्त्री अर्यालले उच्च मनोबलका साथ आफ्नो काममा खटिन आग्रह गरेका हुन् ।
गृहमन्त्री अर्याललाई काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख एआईजी दान बहादुर कार्की, काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय प्रमुख एसएसपी नवराज अधिकारी लगायतले ट्राफिक प्रहरी कार्यालयको अवस्थाका बारेमा जानकारी गराएका थिए ।
गृहमन्त्री अर्यालले अहिलेको भवनबाटै सेवा सुरु गर्न निर्देशन दिँदै सरकारका तर्फबाट पूर्ण रूपमा सहयोग हुने प्रतिबद्धता जनाए । शान्ति सुरक्षा, सुशासन लगायतका कुरामा सरकार गम्भीर भएर अघि बढ्ने उनले उल्लेख गरे । उनले अव छिटै सबै कुरा लयमा फर्कने विश्वास व्यक्त गरे । अहिलेको सरकारले कसैमाथि पनि पक्षपात नगर्ने र निष्पक्ष रूपमा निर्वाचन गर्ने उनको भनाई थियो ।
जेनजी आन्दोलनका क्रममा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय जलेर ध्वस्त भएको छ भने कार्यालय परिसरमा रहेका सवारीसाधन पनि जलेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तर कोरियाको आणविक दौड तीव्र
-
एसीसी महिला प्रिमियर कप : भुटानलाई सजिलै हरायो नेपालले
-
निन्दा नदी किनारमा बाढी नियन्त्रण गर्न चार हजार बाँसका बिरुवा रोपियो
-
ताइवान भ्रमणको कारण चार न्यूजिल्यान्ड सांसदमाथि चीनको यात्रा प्रतिबन्ध
-
बजेटको मुखमा आयोगकी सदस्य लामिछानेले दिइन् राजीनामा
-
पहाडमा मेघगर्जनसहित वर्षा, तराईमा तापक्रम ४२ डिग्रीसम्म पुग्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण