बन्धकलाई ढालको रूपमा प्रयोग नगर्न हमासलाई ट्रम्पको चेतावनी
मङ्गलबार, ३१ भदौ २०८२, १४ : ३४
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायली बन्धकहरूलाई ढालको रूपमा प्रयोग नगर्न हमासलाई चेतावनी दिएका छन् ।
बन्धकलाई ढाल बनाइरहेको भन्ने समाचार बाहिरिएपछि ट्रम्पले यस्तो प्रतिक्रिया दिएका हुन् ।
‘हमासले जमिनमाथि बन्धकहरूलाई लगेर इजरायली अपरेशनको विरुद्धमा मानव ढालको रूपमा प्रयोग गरिरहेको छ भनेर मैले भर्खरै एउटा समाचार रिपोर्ट पढेँ,’ ट्रम्पले ट्रुथ सोसियलमा एउटा पोष्टमा भनेका छन् ।
ट्रम्पले हमासको यस कार्यलाई ‘मानवीय क्रूरता’ समेत भनेका छन् । ‘यस्तो हुन नदेऊ, नत्र, सबै सर्तहरू सकिनेछन् । सबै बन्धकहरूलाई तुरुन्तै रिहा गर,’ राष्ट्रपति ट्रम्पले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
-
पक्राउ परे कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष पटेल
-
स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने
-
गैँडा मार्ने उद्देश्यले निकुञ्ज छिरेको आशङ्कामा दुई व्यक्ति पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण