एसिया कपः भारत सुपर चारमा पुग्दा अन्य टोलीको के छ अवस्था ?
काठमाडौँ । एसीसी एसिया कपअन्तर्गत भारतले सुपर चारमा स्थान बनाएको छ । समूह ‘ए’ मा रहेको भारतले पाकिस्तान र यूएईलाई हराएको छ ।
प्रतियोगितामा भारत रहेको समूहमा पाकिस्तान र यूएईको मात्र अब अघिल्लो चरण पुग्ने सम्भावना छ । त्यसका लागि यी दुई टोलीबिच हुने खेलले अघिल्लो चरण को पुग्ने भन्ने तय गर्छ ।
यूएई र पाकिस्तान बुधबार खेल्दै छन् ।
यता समूह ‘बी’ मा भने श्रीलंकाले अघिल्लो चरण (सुपर चार) आफ्नो स्थान बनाइसकेको छ ।
आज बंगलादेश र अफगानिस्तानबिच खेल हुँदै छ । हालसम्म अफगानिस्तानले एक खेल मात्र खेलेको छ, आजको खेलमा जित निकाले ऊ अर्को चरणमा जाने सम्भावना बलियो बन्ने छ ।
दुई खेल खेलेको बंगलादेशले भने एकमा जित र अर्को हार बेहोरेको छ । आज उसले जित निकाले पनि अर्को चरणमा पुग्न श्रीलंका र अफगानिस्तानबिचको खेलको नतिजा कुर्नुपर्ने हुन्छ ।
समूह ‘बी’ मा अफगानिस्तान नेट रन रेटमा बलियो छ, आजको खेलमा पराजित भए पनि श्रीलंकासँग जित निकाले अघिल्लो चरण प्रवेश गर्न सक्नेछ । यदि आज अफगानिस्तानसँग बंगलादेश पराजित समूह चरणबाटै बाहिरिने तय छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण