कारागार फोडेर कैदीबन्दी भगाउने ६ जना पक्राउ
पोखरा । म्याग्दीको बेनीमा रहेको जिल्ला कारागार तोडफोड गरी कैदीबन्दी भगाउने ६ जनालाई म्याग्दी प्रहरीले पक्राउ गरेको छ ।
सामाजिक सञ्जालमा आएको फोटो भिडियो र सीसीटिभी क्यामेराको सहायताले उनीहरूलाई पहिचान गरेको हो ।प्रहरीले विज्ञप्ति जारी गरी घटनामा संलग्न पक्राउ परेको जानकारी दिएको हो ।
उनीहरूलाई कारागार ऐन २०१९ विपरीतको कसूरमा अनुसन्धानका लागि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । भदौ २५ गते बिहान साढे ७ बजे एक समूहले कारागारको मुलढोका फोडेर ६६ कैदीबन्दीलाई भगाएका थिए ।
कारागारमा ८८ जना कैदीबन्दी रहेकोमा पुरुष कैदीबन्दीहरु भागेका हुन् । पक्राउ पर्नेमा बेनी २ का २१ वर्षीय अर्जुन जिसी, सोही ठाउँमा २६ वर्षीय दिबहादुर सापकोटा, बेनी १ का २६ वर्षीय कृष्णबहादुर मगर छन् । यस्तै, बेनी १ कै २७ वर्षका सुनिल थापा मगर, ३१ वर्षका सुसन थापा मगर, र २१ वर्षका अभिषेक परियार पनि पक्राउ परेका छन् ।
सबैलाई म्याग्दी जिल्ला अदालतबाट ७ दिनको म्याद थपेर अनुसन्धान अघि बढाइएको सूचना अधिकारी सागर पौडेलले जानकारी दिए । उनका अनुसार अरू फरारको खोजी भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजको प्रमुख समाचार
-
रामेछापमा राहदानी वितरण सेवा ३ दिनका लागि बन्द
-
चलचित्र ‘बेहुली’ भदौ २६ गतेदेखि प्रदर्शनमा आउने
-
सुदूरपश्चिमका मुख्यमन्त्रीले बोलाएको कांग्रेस संसदीय दलको बैठकमा दुई मन्त्री अनुपस्थित
-
सुन सफा गर्ने बहानामा ठगी गर्ने दुई भारतीय नागरिक उदयपुरबाट पक्राउ
-
के आधारमा पूर्वमन्त्री बस्नेतले भ्रष्टाचार मुद्दामा सफाइ पाए ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण