पहिरो हटाएपछि मुग्लिन–नारायणगढ सडकखण्ड सञ्चालनमा
बुधबार, ०१ असोज २०८२, ०९ : २१
सारांश
- मुग्लिन-नारायणगढ सडकखण्ड पहिरोका कारण रातिदेखि अवरुद्ध भएको थियो।
- सडकखण्ड बिहान ८:३० बजेबाट दुईतर्फी सञ्चालनमा आएको छ।
- प्रहरीले यात्रा गर्दा सावधानी अपनाउन आग्रह गरेको छ किनभने पहिरो गएको स्थानमा ढुंगा खस्ने क्रम रोकिएको छैन।
काठमाडौँ । पहिरोको कारण गएरातिदेखि अवरुद्ध मुग्लिन–नारायणगढ सडकखण्ड सञ्चालनमा आएको छ । तुइन खोलानजिकै पहिरो जाँदा अवरुद्ध भएको सडक बिहान ८ः३० बजेबाट सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।
सडकमा खसेको पहिरो हटाएसँगै सडक दुईतर्फी सञ्चालनमा आएको हो । गएराति ९ बजे पहिरो जाँदा सवारी आवागमन दुवैतर्फ अवरुद्ध भएको थियो ।
पहिरो गएको स्थानमा ढुंगा खस्ने क्रम नरोकिएकोले यात्रामा सावधानी अपनाउन नेपाल प्रहरीले आग्रह गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आणविक पनडुब्बीमा अस्ट्रेलियाको थप लगानी
-
गोविन्द केसीलाई तोसिमाको सुझाव : भयो सर, अनसन छाडिदिनुस्
-
बालेनले आज निर्यात प्रवर्द्धनबारे व्यवसायीसँग छलफल गर्ने
-
बेदिका केसी आज फेरि साइबर ब्युरोमा उपस्थित हुने
-
रास्वपा सांसदले आफन्तलाई स्वकीय सचिव राख्न नपाउने, खुला प्रतिस्पर्धाबाट छानिने
-
मधेसका अधिकांश जिल्लामा धान रोपाइँ अन्तिम चरणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण