बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

दोस्रो पटक अस्पताल भर्ना भए ब्राजिलका राष्ट्रपति बोल्सोनारो

बुधबार, ०१ असोज २०८२, १० : १५
बुधबार, ०१ असोज २०८२

सारांश

  • ब्राजिलका पूर्व राष्ट्रपति जायर बोल्सोनारोलाई स्वास्थ्यमा समस्या देखिएपछि दोस्रो पटक अस्पताल भर्ना गरिएको छ।
  • बोल्सोनारोलाई गत हप्ता कु प्रयासमा दोषी ठहर गर्दै जेल सजाय सुनाइएको थियो।
  • उहाँलाई बान्ता र कम रक्तचापको समस्या देखिएको र यसअघि छालामा घाउ र निमोनियाको लक्षण देखिएको थियो।

ब्रसिलिया । ब्राजिलका पूर्व राष्ट्रपति जायर बोल्सोनारोलाई मंगलबार दोस्रो पटक अस्पताल भर्ना गर्नु पर्‍यो ।  कु प्रयासमा दोषी ठहरिएपछि गत हप्ता उनलाई जेल सजाय सुनाएयता उनको स्वास्थ्य फेरि बिग्रियो। पितालाई  बान्ता र कम रक्तचापको समस्या देखिएको बोल्सोनारोको छोराले बताए।

आइतबार पनि उनलाई  राजधानी ब्रासिलियाको सोही अस्पतालमा भर्ना गरिएको थियो। यसक्रममा  उनको छालामा घाउहरू भेटिएको थियो।  उनलाई फलामको कमीले रक्तअल्पता भएको र हालै निमोनियाको लक्षण पनि फेला परेको डाक्टरले बताएका थिए ।

मंगलबार, बोल्सोनारो गम्भीर बाडुल्की, बान्ता र कम रक्तचापबाट पीडित थिए । त्यसपछि प्रहरीले उनलाई अस्पताल लगे। बोल्सोनारोका छोरा सिनेटर फ्लाभियो बोल्सोनारोले माइक्रो ब्लगिङ्ग वेबसाइट एक्समा पोस्ट गरेर यसबारे जानकारी दिएका हुन् ।

गत बिहीबार, सर्वोच्च अदालतका न्यायाधीशहरूको एक प्यानलले बोल्सोनारोलाई २०२२ को चुनावमा वर्तमान राष्ट्रपति लाइज इनासियो लुला दा सिल्भालाई पराजित गरेपछि सत्तामा रहन अवैध कु प्रयास गरेकोमा दोषी ठहर गरेका थिए। प्यानलले बोल्सोनारोलाई २७ वर्ष तीन महिनाको जेल सजाय सुनाएको छ। यद्यपि, यो सजाय अन्तर्गत बोल्सोनारोलाई तुरुन्तै जेल पठाइने छैन।  फैसलाको पूर्ण प्रतिलिपि जारी गर्न अदालतलाई ६० दिन लाग्नेछ  । त्यसपछि अपील गर्न बोल्सोनारोका वकिलहरूले ५ दिन पाउनेछन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप