प्रदर्शनमा क्षति भएका सवारीसाधान टेकु र कपनमा सङ्कलन गर्न थालियो
सारांश
- जेनजी प्रदर्शनमा आगजनी र तोडफोड भएका सवारी साधनहरू एकत्रित गर्न थालिएको छ।
- काठमाडौँ उपत्यकामा प्रदर्शनकारीहरूले १२१ वटा गाडीमा आगजनी गरेका थिए, जसमध्ये ११७ पूर्ण रूपमा जलेका छन्।
- सवारीको विवरण लिन टेकु र कपनमा सम्पर्क गर्न काठमाडौँ महानगरपालिकाले आग्रह गरेको छ।
काठमाडौँ । जेनजी प्रदर्शनमा आगजनी र तोडफोड भएका सवारी साधना एकत्रित गर्न थालिएको छ । दुईपांग्रे र ४ पाङ्ग्रे सवारी साधनहरु टेकुस्थित उपत्यका अपराध अनुसन्धान कार्यालयको कम्पाउन्ड र कपनमा रहेका प्रहरी प्रभागमा सङ्कलन सुरु गरिएको हो ।
आफ्नो सवारीको विवरण लिनुपर्ने भएमा टेकु र कपनमा सम्पर्क गर्न काठमाडौँ महानगरपालिकाले आग्रह गरेको छ । भदौ २३ र २४ मा प्रदर्शनकारीले काठमाडौँ उपत्यकाभर ठुलो सङ्ख्यामा सवारी साधनामा आगजनी र तोडफोड गरेका थिए ।
काठमाडौँ, भक्तपुर र ललितपुरमा प्रहरीको १२१ वटा गाडीमा आगजनी गरिएको छ । आगजनीका कारण ११७ वटा गाडी पूर्ण रूपमा जलेका छन् । ४ वटा गाडीमा आंशिक क्षति पुगेको छ ।
दुईपांग्रे सवारी साधन १५८ वटा आगजनीमा परेका छन् । साइबर ब्युरोको ४ वटा गाडीमा प्रदर्शनकारीहरूले आगजनी गरेका छन् । रानीपोखरी स्थित उपत्यका प्रहरी कार्यालयमा राखिएका सशस्त्र प्रहरीको ३ वटा र राष्ट्रिय अनुसन्धान विभागको एउटा गाडीमा आगजनी गरिएको छ ।
रानीपोखरीमा जलेको अवस्थामा भेटिएको एउटा टोयोटा गाडी कसको हो भन्नेबारे खुलेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिमालयन लिटरेचर फेस्टिभल एण्ड राइटर्स वर्कशप २०२६ सुरु
-
राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो
-
चलचित्र ‘काला हिरण’ विवाद : निर्माता भन्छन्, ‘यो सलमान खानको बायोपिक होइन’
-
‘डन ३’ विवादमा रणवीरलाई राहत, असहयोगको निर्णय फिर्ता
-
तेस्रो पटक विवाह बन्धनमा बाँधिँदै आमिर खान
-
राजनारायण पाठक विरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण