४ सय ७५ किलो गाँजासहित २ जना पक्राउ
सारांश
- धनुषामा प्रहरीले ४७५ किलो अवैध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ।
- पक्राउ पर्नेमा धादिङ र बाँकेका व्यक्तिहरू छन्, जसलाई विदेह नगरपालिकाबाट पक्राउ गरिएको हो।
- प्रहरीले धरानबाट गाँजा ल्याएको सूचनाको आधारमा पिछा गरी पिकअप गाडीबाट उनीहरूलाई नियन्त्रणमा लिएको थियो।
धनुषा । प्रहरीले धनुषाको विदेह नगरपालिका-३, जोगियाराबाट ४ सय ७५ किलो अवैध लागूऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ। मंगलबार बिहान उनीहरूलाई पक्राउ गरिएको हो।
पक्राउ पर्नेमा धादिङको बेनिघाट रोराङ गाउँपालिका-१ का २४ वर्षीय बिराज गुम्बा र बाँकेको कोहलपुर पार्वतीपुरका १८ वर्षीय एक किशोर छन्।
इलाका प्रहरी कार्यालय ढल्केवरबाट खटिएको प्रहरी टोलीले गणेशमान चारनाथ नगरपालिका-४, वीरेन्द्रबजारको सडकमा रोकिएको प्र.३-०१-०२४ च ८३२५ नम्बरको पिकअप गाडीबाट उनीहरूलाई नियन्त्रणमा लिएको थियो। उनीहरूले धरानबाट उक्त गाडीमा गाँजा ल्याएको भन्ने सूचनाको आधारमा प्रहरीले उनीहरूलाई पिछा गरेको थियो।
प्रारम्भिक अनुसन्धानमा उनीहरूले गाँजा विदेह नगरपालिका-३, जोगियारास्थित एक इँटा भट्टामा राखेको भन्ने पत्ता लागेपछि प्रहरीले त्यहाँबाट १९ वटा पोकामा रहेको उक्त परिमाणको गाँजा बरामद गरेको हो।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण