च्याम्पियन्स लिग : लिभरपुल र बायर्नलाई सहज जितको अपेक्षा, च्याम्पियन पीएसजी दबाबमा
काठमाडौँ । च्याम्पियन्स लिग फुटबल अन्तर्गत आज (बुधबार) विभिन्न ६ खेलहरू हुँदैछन् ।
च्याम्पियन्स लिगमा आज हुने पहिलो खेलमा ग्रिकको क्लब ओलम्पियाकोले साइप्रसको क्लब पाफोसँग खेल्नेछ । दुई टोलीबिचको खेल नेपाली समय अनुसार राति १०ः३० मा सुरु हुनेछ ।
सोही समयमा हुने अर्को खेलमा चेज क्लब स्लाभिया पाराले एफके बोडो जिल्मिटसँग खेल्नेछ । यस्तै आज साविकको विजेता टोली फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले टालियन क्लब एटलान्टासँग प्रतिस्पर्धा गर्दैछ ।
दुई टोलीबिचको खेल नेपाली समय अनुसार राति १२ः४५ मा सुरु हुनेछ । आजको खेलमा पीएसजीलाई जित निकाल्नै पर्ने दबाब छ ।
साविकको विजेता भएका कारण नै पीएसजीमाथि दबाब बढेको हो । पीएसजी फ्रेन्च लिग वानमा उत्कृष्ट प्रदर्शन गर्दै आइरहेको छ ।
पीएसजीले लिगमा शतप्रतिशत जित निकालेको छ । सोही समयमा हुने अर्को खेलमा जर्मन क्लब बायर्न म्युनिखले प्रिमियर लिग क्लब चेल्सीसँग प्रतिस्पर्धा गर्दैछ ।
जर्मन लिग लिडरले प्रिमियर लिगको पाँचौँ स्थानमा रहेको चेल्सीमाथि सहज जित निकाल्ने योजना बनाएको छ ।
त्यस्तै प्रिमियर लिग लिडर लिभरपुलले स्पेनिस क्लब एथ्लेटिको मड्रिडसँग खेल्दै छ । ला लिगामा हाल सङ्घर्ष गरिरहेको एथ्लेटिकोलाई लिभरपुलसँगको खेल महत्त्वपूर्ण हुनेछ ।
यता लिभरपुल भने सहज जित निकाल्दै आफूलाई बलियो बनाउने योजनामा हुनेछ । प्रतियोगिता अन्तर्गत इटालियन क्लब इन्टर मिलानले डच क्लब आयाक्ससँग खेल्दै छ ।
आजको खेलमा दुवै टोली जित निकाल्दै प्रतियोगितामा आफूलाई बलियो बनाउने योजनामा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसद अभिषेकप्रतापका नाममा जारी पक्राउ पुर्जी यथास्थितिमा राख्न सर्वाेच्चकाे अन्तरिम आदेश
-
सडकको बिचमै २ फिटको नाला ह्वाङ्ग, दुर्घटनाको जोखिमले स्थानीय आक्रोशित
-
मधेसमा पार्टी बलियो नबने ठुलो दुर्घटनाको खतरा रहेको प्रचण्डको चेतावनी
-
सेयर बजारमा झण्डै १४ अङ्कको गिरावट, ५ अर्ब १८ करोडको कारोबार
-
आधुनिक प्रविधिको प्रयोगबाट कृषि क्रान्ति गर्दै किसान
-
नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपतिमा खतिवडा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण