बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय
अनुगमन

तीन मन्त्रीले गरे क्षतिग्रस्त सङ्घीय संसद् भवनको अनुगमन

बुधबार, ०१ असोज २०८२, १६ : १८
बुधबार, ०१ असोज २०८२

काठमाडौँ । गत भदाै २३ र २४ गते काठमाडाैँ लगायत देशभर जेनजी प्रदर्शनका क्रममा आगजनीबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनकाे मन्त्रीहरूले अनुगमन गरेका छन् । 

बुधबार अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जा, भौतिक तथा शहरी विकासमन्त्री कुलमान घिसिङ र गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्यालले नयाँ  बानेश्वरस्थित संसद् भवनको अनुगमन गरेका हुन्। 

भ्रष्टाचार,सामाजिक सञ्जालमाथिकाे प्रतिबन्ध लगायतविरूद्ध प्रदर्शनकारीहरूले आन्दाेलन गरेका थिए । साेही क्रममा संसद् भवनमा ताेडफाेडका साथै आगजनी गरिएकाे थियाे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप