आइतबार, ०७ असार २०८३
ताजा लोकप्रिय
कविता

मान्छे

बुधबार, ०१ असोज २०८२, १६ : २७
बुधबार, ०१ असोज २०८२

अरूलाई सानो पारेर
ठडिएका यी मान्छेहरू
अरूलाई होच्याएर
अग्लिएका यी मान्छेहरू
उचाइको कुनै उचाइ हुन्न
गहिराइको कुनै गहिराइ हुन्न
मान्छे मान्छे नै हो
मान्छेको आफ्नो कुनै उचाइ हुन्न ।

अरूलाई आँसु दिएर
हाँस्ने यी मान्छेहरू
अरूलाई सरापेर
बाँच्ने यी मान्छेहरू
आँसुको कुनै मूल्य हुन्न
हाँसोको कुनै हिसाब हुन्न
मान्छे मान्छे नै हो
मान्छेको आफ्नो कुनै बिहान हुन्न ।

अरूलाई जलाएर
न्यानो खोज्ने यी मान्छेहरू
अरूलाई तड्पाएर
रमाउने यी मान्छेहरू
जलनमा न्यानो मात्र हुन्न
तडपमा आगो मात्र हुन्न
मान्छे मान्छे नै हो
मान्छेको आफ्नो कुनै जीवन हुन्न ।।

-हरिसिद्धि, ललितपुर

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

किशोर विश्वकर्मा
किशोर विश्वकर्मा
लेखकबाट थप