जेनजी प्रदर्शनमा गोरखाका ३ जना सहिद, पोखरामा दीप प्रज्वलन
पोखरा । पोखरामा रहेका गोरखालीहरूले जेनजी प्रदर्शनका क्रममा सहिद भएकाहरूको सम्मानमा दीप प्रज्वलन गरेका छन् ।
यो प्रदर्शनका क्रममा गोरखाका मात्रै ३ जनाले सहादत प्राप्त गरेका थिए । २२ वर्षका विमलबाबू भट्ट, २८ वर्षका अर्जुन भट्ट र ४२ वर्षका अनिश पराजुली प्रदर्शनका क्रममा ज्यान गुमाएका थिए ।
उनीहरू सहित सम्पूर्ण सहिदको सम्झनामा बुधबार साँझ दीप प्रज्वलन गरिएको गोरखा मिलन समाजका अध्यक्ष अग्रिम श्रेष्ठले जानकारी दिए । ‘हामी साझा चौतारी हौँ । देश रुँदा हामीलाई दुख्छ, देश हासेको बेला हामी पनि खुसी हुन्छौँ,’ उनले भने, ‘अहिले दुखमा एकजुट भएका हौँ ।’
पोखराको महेन्द्रपुलमा आयोजना गरिएको दीप प्रज्वलनमा सयौँको उपस्थिति थियो । पोखरामा रहेका गोरखाली सहित अन्य व्यक्तिहरूले समेत मैनबत्ती बालेर दिवङ्गत आत्माको शान्तिको कामना गरेका महासचिव शित्तल श्रेष्ठले जानकारी दिए ।
उनीहरुले विद्रोहबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्न र जेनजीको मागलाई सम्बोधन गर्न आग्रह गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिवि शिक्षण अस्पतालमा बिहीबार दिउँसोको सेवा बन्द हुने
-
हिटलरको जन्मस्थल अब प्रहरी कार्यालय
-
साउदी अरबले जबरजस्ती लागु गर्यो सिप प्रमाणीकरण, डलर तिर्न म्यानपावर व्यवसायीलाई दबाब
-
पाकिस्तानले अमेरिकासँग माग्यो १० अर्ब डलर
-
राष्ट्रिय भेलाले जे निर्णय गर्छ, त्यही अनुसार अगाडि बढौँ : जीतजंग बस्नेत
-
बीपी र पुष्पलालका विचार आज पनि उत्तिकै सान्दर्भिक छन् : जनार्दन शर्मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण