प्रहरीका ४८ जना एसपीको सरुवा, १४ जिल्लाका इन्चार्ज परिर्वतन
काठमाडौं । नेपाल प्रहरीका ४८ जना एसपीहरूको सरुवा गरिएको छ ।
आईजीपी चन्द्रकुवेर खापुङले एसपी सरुवाको निर्णय गरेका हुन् । जसअनुसार १४ जिल्लाका प्रहरी प्रमुखहरू परिवर्तन भएका छन् ।
जिल्ला प्रहरी कार्यालय बाँकेमा अंगुर जिसीलाई पठाइएको छ । उनी काठमाडौँ जिल्ला अपराध अनुसन्धान कार्यालय, अपराध अनुसन्धान शाखामा थिए । यस्तै जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख अपिलराज बोहराको पनि सरुवा भएको छ । उनलाई नेपाल प्रहरी सशस्त्र प्रहरी गण नम्बर १ नक्साल सरुवा गरिएको छ ।
त्यस्तै मोरङमा कवित कटुवाल, सुनसरीमा केवश थेवे, सप्तरीमा गौतम कुमार केसी, दाङमा दिपक श्रेष्ठ, पाल्पामा दिपेन्द्र पञ्जियार थारु, कास्कीमा नविन कार्की र कैलालीमा नरेन्द्र चन्दलाई पठाइएको छ । नरेन्द्र चन्द र गौतम कुमार केसीलाई यसअघि गरिएको काज सरुवालाई प्रधान कार्यालयले निरन्तरता दिएको हो ।
डोटीमा महेन्द्र नेपाललाई पठाइएको छ । पूर्वीनवलपरासीमा युवराज खड्का, पर्सामा सुदिप पाठक र भक्तपुरमा सूर्य बहादुर खड्कालाई पठाइएको छ । सुवासचन्द्र बोहरालाई मकवानपुरमा सरुवा गरिएको छ ।
प्रहरी महानिरीक्षकको भदौ ३१ को निर्णयअनुसार यो सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।






खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
-
गच्छदारको गगन थापालाई सुझाव – असहमत पक्षलाई समेटेर बलियो कांग्रेसको सभापति बन्नुस्
-
असमझदारी र विवाद नसुल्झाए कांग्रेस विभाजन हुन सक्ने शशांकको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण