च्याम्पियन्स लिग
च्याम्पियन्स लिगमा बोडो ग्लिम्ट र स्लाभिया प्राहा बराबरीमा रोकिए
बिहीबार, ०२ असोज २०८२, ०० : ३१
काठमाडौं । मंगलबार राति भएको युइएफए च्याम्पियन्स लिग फुटबलमा नर्वेजियन क्लब बोडो ग्लिम्ट र चेक रिपब्लिकको स्लाभिया प्राहाबिचको खेल २-२ को बराबरीमा टुंगिएको छ।
खेलमा स्लाभिया प्राहाका लागि एल हाजी युसुफा म्बोड्जीले २३औँ र ७४औँ मिनेटमा गोल गरेका थिए। तर, खेलको अन्तिमतिर बोडो ग्लिम्टले उत्कृष्ट पुनरागमन गर्दै बराबरी निकाल्न सफल भयो।
बोडो ग्लिम्टका लागि डानियल बासीले ७८औँ मिनेटमा गोल गरे भने सोन्ड्रे ब्रुनस्टाड फेटले ९०औँ मिनेटमा बराबरी गोल गरेका थिए।
यस परिणामसँगै दुवै टोलीले एक-एक अङ्क बाँडेका छन्।
यस्तै सोही समय भएको अर्को खेल ओलिम्पियाकोस र पाफोसबीचको खेल ०–० को बराबरीमा टुङ्गिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गाडीमा ब्रेक नहुनेले सरकार चलाउने, दौडमा ब्रेक नहुनेले प्रतिपक्ष चलाउने : गगन थापा
-
अरुणका कालजयी गीत गुन्जिँदा...
-
मुख्यमन्त्रीलाई नबुझाउँदै कसरी बाहिरियो एमालेका मन्त्रीहरूको राजीनामापत्र ?
-
एनएमबि बैंकद्वारा सबै प्रदेशका लागि 'प्रदेश बचत खाता’ सुरु
-
भरतपुर कारागारमा कैदी बस्ने स्थानको अभाव
-
भरतपुर कारागारमा कैदी बस्ने स्थानको अभाव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण