प्रधानमन्त्री कार्की र भारतीय समकक्षी मोदीबिच आज टेलिफोन संवाद हुने
बिहीबार, ०२ असोज २०८२, ०६ : ३१
सारांश
- नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की र भारतीय समकक्षी नरेन्द्र मोदीबीच आज टेलिफोन संवाद हुने भएको छ।
- यसअघि बुधबार मोदीसँग कार्कीको टेलिफोन संवाद हुने भनिए पनि स्थगित भएको थियो ।
- नेपालका लागि भारतीय राजदूतले प्रधानमन्त्री कार्कीलाई मोदीको सन्देश सुनाएका थिए।
काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की र भारतीय समकक्षी नरेन्द्र मोदीबिच आज टेलिफोन संवाद हुने भएको छ । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार आज उनीहरूबिच टेलिफोन संवाद हुने भएको हो ।
यसअघि बुधबार नै मोदीसँग कार्कीको टेलिफोन संवाद हुने भनिएको थियो । 'प्रधानमन्त्री ज्यूले मंगलबारको क्याबिनेट बैठकमा भारतीय प्रधानमन्त्री मोदीसँग टेलिफोन कुराकानी गर्ने भन्नु भएको थियो', गृहमन्त्री ओमप्रकाश अर्यालले भने, 'बुधबार किन स्थगित भयो थाहा हुन सकेन ।'
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले अन्तरिम सरकारकी प्रधानमन्त्री कार्कीसँग सिंहदरबारमा भेटेर मोदीको सन्देश सुनाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका–इरानबिच युद्धविरामसँगै तेलको मूल्यमा ठुलो गिरावट
-
भारतीय जेलमा रहेका नेपाली किसानको तत्काल रिहाइ गर्न सरकारसँग कांग्रेसको माग
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
-
आज देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द
-
मंगलबार यस्तो छ विदेशी मुद्राको विनिमय दर
-
निर्वाचन आयुक्तद्वय वाग्ले र सुब्बाको सुनुवाइ गर्न संसदीय सुनुवाइ समितिको बैठक बस्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण