सेयर बजार
सात दिनपछि खुलेको नेप्से परिसूचकमा नकारात्मक सर्किट
बिहीबार, ०२ असोज २०८२, ११ : २०
सारांश
- जेनजी आन्दोलनपछि खुलेको नेप्से परिसूचकमा नकारात्मक सर्किट लाग्यो।
- सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार बनेपछिको पहिलो कारोबार दिन नेप्सेमा गिरावट आयो र २० मिनेटको लागि कारोबार स्थगित भयो।
- प्रि ओपन सेसनमै नेप्से साढे ३४ अंकले घटेको थियो भने नियमित कारोबार खुलेको २ मिनेटमै १०७.०४ अंक घट्यो।
काठमाडौँ । जेनजी आन्दोलनपछि खुलेको नेप्से परिसूचकमा नकारात्मक सर्किट लागेको छ । सुशीला कार्कीकाे नेतृत्वमा अन्तरिम सरकार बनेपछिको पहिलो कारोबार दिन नेप्से परिसूचकमा नकारात्मक सर्किट लागेर २० मिनेटको लागि स्थगित भएको छ ।
प्रि ओपन सेसनमा नै नेप्से साढे ३४ अंकले घटेको थियो । नियमित कारोबार खुलेको २ मिनेटमा नै १०७.०४ अंक घटेर नकारात्मक सर्किट लागेको हो।
गत भदौ २३ गते ३५.९९ अंक घटेर २६७२.२५ विन्दुमा बन्द भएको नेप्से सात दिन पछि कारोबार हुँदा प्रि ओपन सेसनमा ३४.२७ अंक घटेर २६३७.९७ विन्दुमा झरेको थियो । तर पुन १०७.०४ अंक घटेर नकारात्मक सर्किट लाग्दा नेप्से २५६५.२१ विन्दुमा झरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण