फेरि सर्यो ‘जारी २’
बिहीबार, ०२ असोज २०८२, १२ : ००
सारांश
- चलचित्र 'जारी २' को प्रदर्शन मिति फेरि परिवर्तन भएको छ।
- जेनजी आन्दोलनका कारण प्रदर्शन मिति कात्तिक ६ गते सारिएको थियो।
- निर्माताहरूले फिल्मको प्रदर्शन मिति २१ कात्तिकमा सारेका छन्।
काठमाडौँ । फिल्म ‘जारी २’को प्रदर्शन मिति फेरि परिवर्तन भएको छ । जेनजी आन्दोलनको कारण असोज ३ गतेबाट सरेर कात्तिक ६ मा पुगेको फिल्म फेरि सरेको हो ।
निर्माण युनिटले फिल्मलाई ६ कार्त्तिकबाट सारेर २१ कात्तिकमा पुर्याएको छ । निर्माता रामबाबु गुरुङले सबैसँगको सल्लाह गरेर फिल्मको प्रदर्शन मिति २१ कात्तिक निर्धारण गरिएको बताए ।
उपेन्द्र सुब्बाको लेखन तथा निर्देशन रहेको फिल्ममा दयाहाङ राई, मिरुना मगर, विजय बराल, बुद्धि तामाङ लगायतका कलाकारहरूको अभिनय छ ।
बासुरी फिल्मस् र कबड्डी फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्मको रामबाबु गुरुङ, मधु मिजार, जीवन गुरुङ निर्माता हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
-
नजरअन्दाज गरिए पाइला रोकिँदैनन्, हामी अझै लक्ष्मण रेखाभित्रै छौँ : वीरबहादुर बलायर
-
त्रिवि शिक्षण अस्पतालमा बिहीबार दिउँसोको सेवा बन्द हुने
-
हिटलरको जन्मस्थल अब प्रहरी कार्यालय
-
साउदी अरबले जबरजस्ती लागु गर्यो सिप प्रमाणीकरण, डलर तिर्न म्यानपावर व्यवसायीलाई दबाब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण