सञ्चालनको पर्खाइमा रहेको करोडौँको धनगढी सभागृह तोडफोडले क्षतविक्षत
सारांश
- सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा निर्माणाधीन सभागृह तोडफोडका कारण कुरूप बनेको छ।
- सभागृह संघीय सरकारको ३२ करोड रुपैयाँ लगानीमा बनेको थियो र जेनजी समूहको आन्दोलनमा क्षति पुगेको हो।
- तोडफोडले आगामी लगानी तथा विकास सम्मेलनको भविष्य अनिश्चित बनाएको छ, मुख्यमन्त्रीले स्थलगत अनुगमन गरे।
धनगढी । सुदूरपश्चिम प्रदेशको हालको राजधानी धनगढीमा ठुला सभा–सम्मेलन आयोजना गर्ने उद्देश्यले निर्माण गरिएको अत्याधुनिक सभागृह सञ्चालनमा नआउँदै तोडफोडका कारण कुरूप बन्न पुगेको छ।
सङ्घीय सरकारको ३२ करोड ६० लाख ८१ हजार रुपियाँको लगानीमा बनेको यो भव्य संरचना जेनजी समूहको आन्दोलनका क्रममा तोडफोडको निशाना बनेको हो। गत भदौ २४ गते प्रदर्शनकारीको समूहले गरेको आक्रमणमा सभागृहका लगभग सबै सिसा फुटेका छन् भने भित्री संरचनामा पनि क्षति पुगेको छ। वडा नं। ८ का वडाध्यक्ष जुगराम चौधरीका अनुसार सिसा कतै बाँकी छैन। भित्र पनि तोडफोड गरिएको छ।
आन्दोलनकारीले केही कुर्सी जलाएर आगजनीको प्रयाससमेत गरेका थिए। सुरक्षाकर्मीको प्रयासले ठुलो क्षति हुनबाट जोगिएको थियो। तीन वर्षअघि नै निर्माण सम्पन्न भई गत फागुनमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा उद्घाटन गरिएको यो सभागृह आवश्यक व्यवस्थापनको अभावमा सञ्चालनमा आउन सकेको थिएन।
धनगढी उपमहानगरपालिकालाई हस्तान्तरण गरिसकिएको यो संरचनामा ७५३ सिट क्षमताको मुख्य हल, २०० जना अट्ने अर्को सानो हल, भूमिगत पार्किङ तथा भिआइपी कक्ष जस्ता सुविधाहरू रहेका छन्।
यो तोडफोडले आगामी मङ्सिरमा प्रदेश सरकारले आयोजना गर्ने तयारी गरेको लगानी तथा विकास सम्मेलनको भविष्यसमेत अनिश्चित बनेको छ । घटनापछि सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले क्षतविक्षत सभागृहको स्थलगत अनुगमन गरेका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण