उच्च अदालत पाटनमा चार वटा इजलास गठन, एउटा इजलासमा मात्रै मुद्दाको पेसी
बिहीबार, ०२ असोज २०८२, १२ : ३८
सारांश
- उच्च अदालत पाटनमा चार इजलास गठन भए पनि एउटा इजलासमा मात्र मुद्दाको पेसी तोकिएको छ।
- न्यायाधीश ऋषिराज भण्डारी र स्वीकृति पराजुलीको इजलासमा जबरजस्ती करणी मुद्दाको पेशी तोकिएको छ।
- अन्य तीन इजलास खाली रहेका छन्, जसमा मुद्दाको पेशी तोकिएको छैन।
काठमाडौँ । उच्च अदालत पाटनमा चार वटा इजलास गठन हुँदा एउटा इजलासमा मात्रै मुद्दाको पेसी तोकिएको छ ।
न्यायाधीशद्वय ऋषिराज भण्डारी र स्वीकृति पराजुलीको इजलास नं ७ मा जबरजस्ती करणी सम्बन्धी कसुरको मुद्दाको सजाय निर्धारणका लागि पेशी तोकिएको छ । बाँकी तीन वटा इजलास खाली रहेको छ ।
मुख्य न्यायाधीश लालबहादुर कुँवर र न्यायाधीश गीताप्रसाद तिमिल्सेनाको संयुक्त इजलास, न्यायाधीश दीपक खनालको एकल इजलास र न्यायाधीश श्रीधरा कुमारी पुडासैनी र न्यायाधीश कृष्णमुरारी शिवाकोटीको संयुक्त इजलास गठन भएको छ । तीन वटा इजलासमा भने मुद्दाको पेशी तोकिएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण