बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

प्रचण्ड जनयुद्धले जन्माएको नेता हुन्, सडकबाट राजीनामा माग्नु सही होइन : हरिबोल गजुरेल

बिहीबार, ०२ असोज २०८२, १४ : ४६
बिहीबार, ०२ असोज २०८२

सारांश

  • माओवादी केन्द्रका उपमहासचिव गजुरेलले प्रचण्ड जनयुद्धले जन्माएको नेता भएको बताए।
  • पार्टीभित्र नेतृत्व परिवर्तनको दबाब बढिरहेका बेला गजुरेलले सडकबाट राजीनामा माग्नु सही नभएको बताए।
  • गजुरेलका अनुसार सम्मानपूर्वक छलफल र सहमतिबाट निर्णय लिनु नेतृत्वको गरिमाका लागि आवश्यक छ।

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव हरिबोल गजुरेलले पार्टी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' जनयुद्धले जन्माएका नेता भएको बताएका छन् । पार्टीभित्र नेतृत्व छोड्नुपर्ने दबाब बढिरहेका बेला प्रचण्डको बचाउ गर्दै गजुरेलले सडकबाट राजीनामा माग्नु सही नभएको बताएका हुन् । 

बिहीबार उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्–  ‘प्रचण्ड जनयुद्धले जन्माएका नेता हुन् । उहाँका सीमाहरू देखिएका छन् । तर, मानसिक पीडामा रहेका नेतृत्वसँग सडकबाट तुरुन्त ‘राजीनामा’ माग्नु सही होइन।’

गजुरेलले यस्तो कदमले इगो जन्माउन सक्ने र विधि–पद्धति तथा मानवीयताको उल्लङ्घन हुने स्पष्ट पारेका छन् । सम्मानपूर्वक भित्री छलफल र सहमति मार्फत निर्णय लिनु नै नेतृत्वको गरिमा र पार्टीको भविष्य सुरक्षित गर्ने बलियो बाटो भएको उनले जिकिर गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप