कल्कि २८९८ एडीको सिक्वेलबाट बाहिरिइन् दीपिका
सारांश
- दीपिका पादुकोण 'कल्की २८९८ एडी' को सिक्वेलमा नदेखिने भएकी छिन्, निर्माण पक्षले जानकारी दियो।
- फिल्ममा दीपिकाले कल्कीकी आमाको भूमिका निर्वाह गरेकी थिइन्, र उनी गर्भवती थिइन्।
- निर्माता र दीपिकाबीचको प्रतिबद्धताको कारण अलग हुने निर्णय भएको बताइएको छ।
नयाँदिल्ली । बलिउड अभिनेत्री दीपिका पादुकोण २०२४ को तेलुगु ब्लकबस्टर फिल्म ‘कल्की २८९८ एडी’ को सिक्वेलमा नदेखिने भएकी छिन् । नाग अश्विन निर्देशित फिल्म ‘कल्की २८९८ एडी’ निर्माण गर्ने वैजयन्ती मुभिजले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा एउटा पोस्ट गर्दै यो खबर सेयर गरेको हो ।
दीपिका पादुकोण फिल्म कल्की २८९८ एडीको आगामी सिक्वेलको हिस्सा नहुने आधिकारिक रूपमा घोषणा गरिएको पोष्टमा लेखिएको छ । ‘धेरै विचार–विमर्श पछि, हामीले अलग हुने निर्णय गरेका छौँं। पहिलो फिल्मको लामो यात्राको बाबजुद, हामीले अर्को साझेदारी गर्न सकेनौँ । कल्की २८९८ एडी जस्तो फिल्मका लागि प्रतिबद्धता र योभन्दा बढी कुरा चाहिन्छ । हामी दीपिकालाई उनको भविष्यको प्रयासमा शुभकामना दिन्छौँ ।’
दीपिका पादुकोणले फिल्ममा ब्रह्माण्डको उद्धारकर्ता कल्कीकी आमा सुमतिको भूमिका निर्वाह गरेकी थिइन् । दीपिकाले फिल्ममा गर्भवती महिलाको भूमिका खेलेकी छिन् । कमल हासनले खेलेको खलपात्र यास्किन उनको ज्यान लिने प्रयास गरिरहेका हुन्छन् । फिल्मको क्लाइमेक्सको सुटिङ भइरहँदा दीपिका साँच्चै गर्भवती थिइन् । उनले २०२४ को सेप्टेम्बर ८ मा छोरी दुआलाई जन्म दिइन् ।
‘कल्की २८९८ एडी’मा प्रभास र अमिताभ बच्चनले दीपिका पादुकोणसँगै अभिनय गरेका थिए । फिल्ममा प्रभासले दोहोरो भूमिका निर्वाह गरेका थिए । नाग अश्विनद्वारा निर्देशित यो फिल्म महाभारतबाट प्रेरित छ ।
कथाको सेट महाभारत युद्ध भएको ६ हजार वर्षपछिको कुरुक्षेत्र छ । यहाँ २०० वर्ष उमेर भएका देवराजा सुिप्रम यास्किनले शासन गरिरहेका छन् । फिल्म दुई भागमा बनाउने भनिएको थियो । दीपिकाले दुवैमा काम गरिरहेकी थिइन् । तर अब अवस्था परिवर्तन भएको छ ।
किन बाहिरिइन् दीपिका ?
फिल्मबाट दीपिका बाहिरिनुको कारण खुलाइएको छैन । यद्यपि, निर्माताहरूको ट्विटमा प्रतिबद्धताको उल्लेख गरिएको छ । दीपिकाको ८ घण्टाको सिफ्ट समस्या भएको हुन सक्ने अनुमान गरिएको छ ।
यसअघि दीपिकाले निर्देशक सन्दीप रेड्डी बाङ्गाको फिल्म स्पिरिट पनि छाडेकी थिइन् । उनले निर्माताहरू सामु दिनमा ८ घण्टाको सिफ्ट र ठुलो पारिश्रमिक सहित धेरै महत्त्वपूर्ण मागहरू गरेको खबर आएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साउनको पहिलो सोमबार गोकर्णेश्वर मन्दिरमा भक्तजनको घुइँचो
-
बसपार्कको गेस्ट हाउसमा २५ वर्षीया युवतीको शव फेला, हत्या आशङ्का
-
काठमाडौँ उपत्यकासहित ३१ जिल्लामा आकस्मिक बाढीको जोखिम
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
निकुञ्जले बाँड्यो एक करोड २९ लाख राहत
-
सवारी चालक अनुमतिपत्र प्राप्त गर्न इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण