ड्रेस कोडलाई लिएर स्टारबक्सका कर्मचारीहरूले कम्पनीमाथि हाले मुद्दा
वासिङटन डीसी । अमेरिकी कफी चेन स्टारबक्सको नयाँ ड्रेस कोडलाई लिएर कम्पनीका कर्मचारीहरू भड्किएका छन् ।
तीन अमेरिकी राज्यका कर्मचारीहरूले ड्रेस कोडलाई लिएर कम्पनीविरुद्ध मुद्दा हालेका छन् । कम्पनीले ड्रेस कोड परिवर्तन गर्दा कर्मचारीहरूलाई नयाँ लुगा किन्न बाध्य पारिएको तर खर्चको भर्पाइ गर्न नमानेको उनीहरूको आरोप छ । यस मामिलालाई लिएर इलिनोइस र कोलोराडोका अदालतहरूमा मुद्दा दायर भएका छन् । क्यालिफोर्नियामा भने उजुरी मात्रै दायर गरिएको छ ।
स्टारबक्सले मे १२ मा नयाँ ड्रेस कोड लागु गरेको थियो, यस अन्तर्गत सबै कर्मचारीहरूले कम्पनीको हरियो एप्रोनमुनि स्पष्ट रूपमा देखिने ठोस कालो सर्ट लगाउनुपर्नेछ । यसबाहेक खाकी, कालो, वा नीलो जिन्स वा प्यान्ट लगाउनु पनि अनिवार्य छ ।
जुत्तामा पनि नियम कडा पारिएको छ । ग्राहकहरूलाई समान अनुभव प्रदान गर्न ड्रेस कोड परिवर्तन गरिएको कम्पनीको भनाइ छ । तर आफूहरूले आफ्नै पैसाले नयाँ लुगा किन्नुपरेको कर्मचारीको गुनासो छ ।
क्यालिफोर्नियाकी विद्यार्थी र स्टारबक्सका कर्मचारी ब्रुक एलेनले जुत्तामा मात्र ६० डलर र लुगामा लगभग ८७ डलर खर्च गरेको बताइन् । कम्पनीले कर्मचारीको आर्थिक भार नबुझेको उनले गुनासो गरिन् । तर स्टारबक्सले यस समाचारमा प्रत्यक्ष प्रतिक्रिया दिएको छैन । कर्मचारीहरूलाई स्पष्ट मार्गदर्शन दिन ड्रेस कोडलाई सरलीकृत गरिएको एउटा विज्ञप्तिमा कम्पनीले भनेको थियो । परिवर्तन लागु गर्नुअघि कर्मचारीहरूलाई दुई निःशुल्क सर्टहरू दिइएको पनि विज्ञप्तिमा भनिएको छ ।
कोलोरोडो लगायत केही राज्यमा रोजगारदाताले आफ्नो फाइदाका लागि गर्ने खर्च रोजगारदाता आफैंले बेहोर्नुपर्ने नियम छ । कम्पनीको पछिल्लो नियमले ती राज्यका कानुनहरूको उल्लङ्घन गरेको छ । लिखित सहमतिबिना कर्मचारीहरूलाई खर्च बेहोर्न लगाउनु गैरकानुनी भएको कोलोराडो मुद्दामा उल्लेख गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण