आइतबार, ०७ असार २०८३
ताजा लोकप्रिय

कास्कीका २७ प्रहरी कार्यालयमा तोडफोड र आगजनी

बिहीबार, ०२ असोज २०८२, १५ : ४७
बिहीबार, ०२ असोज २०८२

पोखरा । जेनजी प्रदर्शनका क्रममा कास्कीका २७ वटा प्रहरी कार्यालयहरूमा तोडफोड र आगजनी भएको छ । 

जिल्ला प्रहरी कार्यालय, प्रदेश ट्राफिक प्रहरी कार्यालय सहित विभिन्न प्रहरी कार्यालयमा तोडफोडदेखि आगजनीसम्म भएको प्रहरीको रेकर्डमा उल्लेख छ । 

प्रदर्शनकारीले भदौ २४ गते जिल्ला प्रहरी कार्यालय नियन्त्रणमा लिएर आगजनी गरे । इलाका प्रहरी कार्यालयदेखि वडा प्रहरी कार्यालय र ट्राफिक प्रहरीको कार्यालय समेत जलाइएको छ ।

प्रहरीका अनुसार जिल्ला ट्राफिक प्रहरी कार्यालय, प्रहरी चौकी छोरेपाटन, प्रहरी चौकी बगर, गगनगौंडा प्रहरी चौकीसहित बिटमा तोडफोड र आगजनी भएको हो । 

यद्यपि प्रहरीहरू भग्नावशेषबाटै सेवा दिन खटिइसकेका कास्की प्रहरीका सूचना अधिकारी डिएसपी हरिबहादुर बस्नेतले जानकारी दिए ।  

‘हामीले स्थानीयबाट राम्रो सहयोग पाएका छौँ । उहाँहरूले नै आएर कार्यालय मर्मत गरिदिनुभएको छ । चाहिने सामग्री खरिद गरेर हस्तान्तरण गर्नुभएको छ,’ उनले भने, ‘विपद्को समयमा स्थानीयको यो सहयोग सामान्य होइन । हामी आभारी छौँ ।’ घटनाका समयमा ३५ जना प्रहरी घाइते भएका थिए । सबै जना उपचारपछि डिस्चार्ज भइसकेका छन् ।

तर थुनुवा कक्षबाट निस्केका थुनुवाहरू अझैसम्म फर्किएका छैनन् । केही थुनुवा सम्पर्कमा भएपनि राख्ने ठाउँ नभएका कारण अहिले नआउनुस् भनिएको बस्नेतले बताए । 

‘२–४ जना सम्पर्कमा छन् । अरू कता छन् भन्ने पत्तो छैन,’ उनले भने, ‘हामी पुनः निर्माणको क्रममा छौँ । पहिला बस्ने वातावरण बनाउनुपर्‍यो, अनि खोजी गर्छौँ ।’ प्रहरी कार्यालयबाट ६१ जना थुनुवा भागेका प्रहरीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप