बिहीबार, १८ असार २०८३
ताजा लोकप्रिय
च्याम्पियन्स लिग

हालाण्डको ५० गोलको कीर्तिमानमा नापोलीमाथि सिटीको जित

शुक्रबार, ०३ असोज २०८२, ०२ : ५६
शुक्रबार, ०३ असोज २०८२

सारांश

  • म्यानचेस्टर सिटीले च्याम्पियन्स लिग फुटबलमा नापोलीलाई २-० गोलले पराजित गर्यो।
  • खेलमा हालाण्डले ५०औँ गोल पूरा गरे भने डोकुले एक गोल थपे।
  • हालाण्डले सबैभन्दा कम खेलमा ५० गोल गर्ने कीर्तिमान बनाए।

काठमाडौँ ।अर्लिङ हालाण्डले च्याम्पियन्स लिग फुटबलमा ५० गोल पूरा गरेको खेलमा प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीले सहज जित निकालेको छ । 

बिहीबार राति भएको खेलमा सिटीले इटालियन क्लब नापोलीमाथि २–० गोलको जित निकालेको हो । 

घरेलु मैदानमा सिटीलाई जित दिलाउन हालाण्ड र जेरेमे डोकुले एक–एक गोल गरे । 

पहिलो हाफ गोलरहित बराबरी खेलेको सिटीले दोस्रो हाफमा दुई गोल गरेको हो । 

सिटीका लागि खेलको ५६औँ मिनेटमा हालाण्डले गोल गर्दै टिमलाई अग्रता दिलाए । उनको यो च्याम्पियन्स लिगमा ५०औँ गोल हो । हालाण्डले ४९औँ खेलमा ५० गोल गर्न सफल भएका हुन् । 

उनी सबैभन्दा कम खेलमा ५० गोल गर्ने खेलाडी पनि बनेका छन् । 

खेलको ६५औँ मिनेटमा डोकुले गोल गर्दै सिटीलाई २–० गोलको जित दिलाए । 

जितसँगै सिटीले पहिलो खेलबाट ३ अङ्क जोडेको छ । यता नापोलीले हारबाट प्रतियोगिता सुरुवात गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप