बिहीबार, १८ असार २०८३
ताजा लोकप्रिय
च्याम्पियन्स लिग

स्पोर्टिङको सहज जितमा फ्रान्सिस्कोको दुई गोल

शुक्रबार, ०३ असोज २०८२, ०३ : १३
शुक्रबार, ०३ असोज २०८२

सारांश

  • स्पोर्टिङ सीपीले च्याम्पियन्स लिग फुटबलमा एफसी कैराटलाई ४-१ गोलले पराजित गर्यो।
  • फ्रान्सिस्को ट्रिनकाओले स्पोर्टिङका लागि दुई गोल गरे भने अलिसन सान्तोष र जियोभानी क्विन्डाले एक-एक गोल थपे।
  • ईन्ट्राक्ट फ्रङ्कफर्टले गाला तास्रायलाई ५-१ गोलले हरायो।

काठमाडौँ । पोर्चुगिज क्लब स्पोर्टिङ सीपीले च्याम्पियन्स लिग फुटबलमा सहज जित निकालेको छ । बिहीबार राति भएको खेलमा स्पोर्टिङले काजकिस्तानको क्लब एफसी कैराटमाथि ४–१ गोलको जित निकलोको हो । 

स्पोर्टिङलाई जित दिलाउन फ्रान्सिस्को ट्रिनकाओले दुई गोल गरे । त्यस्तै अलिसन सान्तोष र जियोभानी क्विन्डाले एक एक गोल गरे । यता कैराटका लागि एडिमलसनले एक गोल फर्काए । 

आजको जितसँगै स्पोर्टिङले पहिलो खेलबाट ३ अङ्क जोडेको छ । यता कैराटले हारबाट प्रतियोगिताको सुरुवात गरेको छ । 

बिहीबार राति नै भएको अर्को खेलमा जर्मन बुन्डेस लिगा क्लब ईन्ट्राक्ट फ्रङ्कफर्टले टर्किस क्लब गाला तास्रायमाथि ५–१ गोलको जित निकालेको छ । 

फ्रङ्कफर्टले दुई गोल आत्मघाती उपहार पाएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप