भारत र चीनमाथि अमेरिकाले लगाएको ट्यारिफबारे रुसले उठायो प्रश्न
सारांश
- रुसी विदेशमन्त्री लाभरोभले अमेरिकाको कर धम्की भारत र चीनमाथि प्रभावकारी नभएको बताए।
- उनले भारत र चीन प्राचीन सभ्यता भएकाले यस्तो भाषामा कुरा गर्नु बेकार रहेको बताए।
- लाभरोभले भारत र चीनले अमेरिकी मागको प्रतिक्रियाबारे पनि टिप्पणी गरे।
मस्को । भारत र चीनमाथि कर लगाउने अमेरिकी धम्की प्रभावकारी साबित भई नरहेको रुसी विदेशमन्त्री सर्गेई लाभरोभले बिहीबार भनेका छन् । वासिङ्टनमा अब दुई प्राचीन सभ्यताहरूलाई यस्तो भाषामा कुरा गर्नु बेकार छ भन्ने बुझाइ बढ्दै गएको पनि उनले बताए ।
‘भारत र चीन दुवै प्राचीन सभ्यता हुन् । उनीहरूसँग यसरी कुरा गर्नु भनेको कि त तिमीले मलाई मन नपरेको काम गर्न बन्द गर, होइन भने म तिमीमाथि कर लगाउँछु भन्ने हो । यसले काम गर्दैन ।’ उनले भने ।
रुसको मुख्य च्यानल १ टिभीमा ‘द ग्रेट गेम’ कार्यक्रममा बोल्दै लाभरोभले यो बयान दिएका थिए । चीन र अमेरिका अनि अमेरिका र भारतबिच जुन छलफल चलिरहेको छ, यसबाट पनि स्पष्ट भइसकेको छ कि अमेरिकी पक्षले यो कुरा बुझिरहेको छ भनेर पनि उनले बताए ।
अमेरिकी मागप्रति भारत र चीनको प्रतिक्रियालाई पनि उनले औँल्याए । उनले भने, ‘यसले ती देशहरूको आर्थिक अवस्थालाई कमजोर त बनाउँदैन तर उनीहरूका लागि गम्भीर समस्या पनि सिर्जना गर्छ, उनीहरूले नयाँ बजारहरू खोज्नुपर्नेछ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण