एसिया कप : भारतलाई सहज जितको अपेक्षा
सारांश
- एसीसी एसिया कप क्रिकेटमा भारत र ओमानबीच प्रतिस्पर्धा हुँदैछ, खेल राति ८:१५ बाट सुरु हुनेछ।
- भारत सुपर चारमा स्थान सुरक्षित गर्न र शत प्रतिशत जितका लागि ओमानलाई हराउन चाहन्छ।
- ओमान प्रतियोगितामा सुखद अन्त्य खोज्दै जित निकाल्ने योजनामा छ।
काठमाडौँ । एसीसी एसिया कप क्रिकेट अन्तर्गत समूह चरणको अन्तिम खेलमा भारतले ओमानसँग प्रतिस्पर्धा गर्दैछ । शेख जायद क्रिकेट मैदानमा हुने भारत र ओमानबिचको खेल नेपाली समयअनुसार राति ८ः १५ बाट सुरु हुनेछ ।
आजको खेलमा भारत सहज जित निकाल्ने योजनामा हुनेछ । प्रतियोगितामा दुई खेलमा सहज जित निकालेको भारत शत प्रतिशत जितसँगै सुपर चारको खेल खेल्न चाहनामा छ ।
यता ओमान भने सुखद बिदाइको अपेक्षामा हुनेछ । प्रतियोगिताको दुई खेलमा पराजित ओमान अन्तिम खेलमा जित निकाल्दै प्रतियोगिता टुङ्ग्याउने योजनामा छ ।
आजको खेल भारतका लागि महत्त्वपूर्ण हुनेछ । सुपर चारमा पाकिस्तानसँग प्रतिस्पर्धा गर्नुअघि भारत बलियो खेल पस्कने योजनामा छ । एसिया कपको सुपर चारमा भारत, पाकिस्तान, श्रीलङ्का र बङ्गलादेश पुगिसकेका छन् ।
सुपर चारको पहिलो खेलमा श्रीलङ्काले बङ्गलादेशसँग प्रतिस्पर्धा गर्दा दोस्रो खेलमा पाकिस्तानले भारतको सामना गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण