यो सरकार असंवैधानिक छ : मेटमणि चौधरी
शुक्रबार, ०३ असोज २०८२, १६ : ०१
सारांश
- नेकपा एसका नेता मेटमणि चौधरीले जेनजी आन्दोलनपछि बनेको सरकार असंवैधानिक भएको बताए ।
- उनले संविधान संशोधन, प्रत्यक्ष कार्यकारीको चुनाव र संवैधानिक नियुक्ति खारेज गर्नुपर्ने धारणा राखेका छन् ।
- चौधरीले प्रतिनिधि सभा पुनःस्थापना गरी कानुनी राज्य स्थापना गर्नुपर्ने कुरामा जोड दिए ।
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका नेता मेटमणि चौधरीले जेनजी आन्दोलनपछि बनेको सरकार पनि असंवैधानिक रहेको टिप्पणी गरेका छन् । शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले अहिले बनेको सरकार असंवैधानिक भएकाले यसको विरोध गर्नुपर्ने बताएका हुन् ।
‘अहिले बनेको सरकारको विषयमा पनि – बोलौँ – यो सरकार पनि असंवैधानिक तरिकाले बनेको छ । यसको विरोध गरौँ,’ नेता चौधरीले भनेका छन्, ‘संविधान संशोधन अनिवार्य छ – प्रत्यक्ष कार्यकारीको चुनाव गरौँ ।’
त्यस्तै उनले संवैधानिक परिषद् मार्फत गरिने सबै खाले नियुक्तिहरू खारेज गर्न र हाईज्याक गरिएको आन्दोलनमार्फत विघटन भएको प्रतिनिधि सभालाई पुनः स्थापित गरेर कानुनी राज्यको स्थापना गर्नुपर्ने बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
-
कानुन कार्यान्वयनको अध्ययन गर्न राष्ट्रियसभाले बनायो उपसमिति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण